मोरङका धार्मिक स्थलहरूमा चर्को आवाजमा लाउडस्पीकर बजाउन रोक, मापदण्ड उल्लङ्घन गरे कारबाही हुने ।थारू पाेर्टल

विराटनगर, १४ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला भित्रका सम्पूर्ण धार्मिक स्थलहरूमा चर्को आवाजमा लाउडस्पीकर, माइक तथा साउण्ड बक्स प्रयोग गर्न रोक लगाएको छ। धार्मिक क्रियाकलापका क्रममा हुने अत्यधिक ध्वनिका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन जारी गरेको हो। यसअघि नै डिजे (DJ) प्रयोगमा प्रतिबन्ध लगाइसकेको मोरङ […]