रंगेलीकाे संसारी माईस्थान मन्दिरका लागि अन्तरिम कार्यसमिति गठन।थार पाेर्टल

साउन।२२।शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङले रङ्गेली नगरपालिका–७ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री संसारी माईस्थान मन्दिरको व्यवस्थापनलाई व्यवस्थित बनाउन पाँच सदस्यीय अन्तरिम कार्यसमिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि संस्थाको दर्ता यथावत् राख्दै विधानबमोजिम साधारणसभा सम्पन्न गरी नयाँ कार्यसमिति गठन गर्ने उद्देश्यले अन्तरिम कार्यसमिति गठन गरिएको […]