मेनु

रमाइलो प्रहरी चौकीका ईन्चार्ज द्वारा ४ महिनामा ५१ जना लागुओैषध प्रयोग कर्ता पक्राउ ।थारू पाेर्टल

रमाइलो प्रहरी चौकीका ईन्चार्ज द्वारा ४ महिनामा ५१ जना लागुओैषध प्रयोग कर्ता पक्राउ ।थारू पाेर्टल

भदौ ,२। 

कानेपाेखरी

मोरङको कानेपोखरी क्षेत्रमा ब्राउन सुगर विरुद्ध अभियानमा प्रहरीकाे पहिलोपटक  ठुलाे सफलता हासिल गरेको छ । रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सदानन्द कुमार यादवको नेतृत्वमा लागुओैषध बिरुद्ध अभियान महत्वपूर्ण देखिएको छ।

गत चैत २८ गते जिम्मेवारी सम्माहले पछि यादवले चार महिनाको अवधिमा विभिन्न क्षेत्रहरुबाट ५१ जना लागूऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएपछि स्थानीयहरु समेत निकै खुशी रहेका छन । अभियानमा प्रहरी प्रमुख यादवसँगै प्रहरी सहायक हवल्दार पञ्चलाल श्रेष्ठ ,सिताराम ठाकुर  प्रहरी जवान अजय कार्कीको विशेष सूचना संकलन गर्ने प्रहरीदेखि प्राप्त भए पछि तत्काल विश्लेषण गरी फिल्डमा टोली परिचालन गर्ने प्रहरी प्रमुख र प्रत्यक्ष कारबाहीमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीको समन्वय ले अभियानलाई प्रभावकारी बनाएको नम्बर ६ का अध्यक्ष खड्ग बहादुर बस्नेत ले बताए ।

 

प्रहरीका अनुसार पछिल्ला कारबाहीहरूमा विष्णु शेर्पा, अर्जुन माझी, मनिष माझी, अकेश माझी, सुस्मिता लिम्बु, लोकेश घले, प्रज्वल राई, राज विश्वकर्मा, अन्जान जिमी, पवन राई, आशिष लिम्बू, टंकप्रसाद राई, मिनेस घिमिरे, रेवत कार्की र सुजन ऋषिदेव लगायत पक्राउ गरेर कानुनी कार्वाही गरिएको छ ।

 

प्रहरीले पछिल्लो कारबाहीमा रेवत कार्की र सुजन ऋषिदेवबाट ११.३६ ग्राम ब्राउन सुगर, ६३ हजार ४ सय ८५ रुपैयाँ नगद तथा सुनचाँदी र अन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।