मेनु

कानेपोखरी अस्पतालमा बालरोग विशेषज्ञकाे माग ।थारू पाेर्टल

कानेपोखरी अस्पतालमा बालरोग विशेषज्ञकाे माग ।थारू पाेर्टल

कानेपोखरी ।असाेज।१६

मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिकाअन्तर्गत सञ्चालित कानेपोखरी अस्पतालका लागि बालरोग विशेषज्ञ (MD Pediatrician) माग गरेको छ।गाउँपालिकाको कार्यालयले असोज १४ गते सूचना जारी गर्दै नवौं तहको एक जना बालरोग विशेषज्ञ चिकित्सकका लागि दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार इच्छुक योग्य उम्मेदवारले असोज २० गतेभित्र गाउँपालिकाको प्रशासन शाखामा दरखास्त दिन सक्नेछन्। पदका लागि न्यूनतम शैक्षिक योग्यता नेपाल स्वास्थ्य सेवा ऐन तथा नियमावलीबमोजिम तोकिएको छ। उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।आवेदन दस्तुर १ हजार ५सयरुपैयाँ तोकिएको छ। छनोट प्रक्रिया अन्तर्वार्तामार्फत गरिने गाउँपालिकाले जनाएको छ। सेवा सुविधाअन्तर्गत प्रति बिरामी २सय रुपैयाँका दरले उपलब्ध गराइने सूचनामा उल्लेख छ।

दरखास्तसँगै नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।गाउँपालिकाले अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित चिकित्सक माग गरेको जानकारी अस्पताल शाखा प्रमुख राेहिन्द्र राजभण्डारीले जानकारी दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।