पथरी शनिश्चरे समाचारदाता,
असाेज -१८ ।

मोरङको पथरी शनिश्चरेमा जितिया पर्व विशेष “साँस्कृतिक कार्यक्रम-२०८३” सम्पन्न भएको छ । थारु कल्याणकारी सभा पथरीशनिश्चरे नगर कार्यसमितिको आयोजना, पथरीशनिश्चरे नगरपालिका र वडा नं. ५ र ६ को सहयोगमा वडा नम्बर ६ स्थित हसन्दह बजारमा सो कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको हो ।
कार्यक्रममा थारु जातिसँग सम्बन्धित धार्मिक जितमहानकाे पूजाआजाका साथै थारु संस्कृति झल्किने विविध सांस्कृतिक नृत्य र झाँकीहरु प्रस्तुत गरिएको थियो । थारु कल्याणकारी सभा नगर कार्यसमितिका अध्यक्ष रामकुमार धामीको सभापतित्व र वडा नम्बर ५ का अध्यक्ष चेतेन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा थारु कल्याणकारिणी सभाका जिल्ला सभापति प्रदीप कुमार विश्वास, केन्द्रीय पार्षद सरस्वती चौधरी, जिल्ला उप-सभापति बाबुराम चौधरी, जिल्ला सदस्य सुनिता चौधरी र पूर्व सभापति राम नारायण चौधरी लगायत दर्शकहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले जितिया पर्वको शुभकामना दिँदै यस्ता कार्यक्रमले आफ्ना मौलिक कला-संस्कृतिको संरक्षण गर्नुका साथै समाजमा भाइचारा र सद्भाव बढाउन मद्दत पुग्ने बताएका थिए ।कार्यक्रम सचिव गुन्जा चाैधरीले संचालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।