कानेपोखरी ।कार्तिक।१५

मोरङको कानेपोखरीस्थित केरोन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा आफ्नै कार्यालय परिसरमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुशील बुढाथोकीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा भेषराज कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो।
![]()
साधारण सभाको अवसरमा संस्थाले ३१ जना ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै एकल महिला, बाल बचतकर्ता, उत्कृष्ट छात्रछात्रा, पूर्व सञ्चालक तथा संस्थापक सदस्यहरूलाई सम्मान गरेको थियो। त्यस्तै, दैनिक बचतकर्तालाई समेत सम्मान गरिएको थियो।संस्थाले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार हाल सहकारीमा ९४३ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी ६२ लाख ७६ हजार ३०० रुपैयाँ रहेको छ भने कोष हिसाबतर्फ ३९ लाख २६ हजार ५०३ रुपैयाँ रहेको छ।
त्यसैगरी, संस्थाको बचत निक्षेप ३ करोड ८७ लाख ९७ हजार ८५ रुपैयाँ पुगेको छ भने ऋण लगानी ३ करोड १९ लाख ६२ हजार ८२ रुपैयाँ रहेको छ।साधारण सभामा संस्थाको आर्थिक अवस्था, प्रगति, आगामी योजना तथा सहकारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउँदै बचत गर्ने बानीको विकास र सहज ऋण प्रवाहमार्फत समुदायमा आर्थिक गतिविधि बढाउन भूमिका निर्वाह गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।