कार्तिक १४ ,सनिबार,
मोरङको रंगेली ७ स्थित श्री संसारीमाई मन्दिर अगाडि भइरहेको मदिरा बिक्री तथा मन्दिर परिसरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न हिन्दू सम्राट सेना, रंगेलीले पुनः माग गरेको छ। यसअघि मोरङका प्रमुख जिल्ला अधिकारीको कार्यालय, रंगेली नगरपालिका र इलाका प्रहरी कार्यालय रंगेलीमा लिखित पत्र बुझाएता हाल सम्म कुनै कारबाही नभएको हिन्दु सेनाकाे भनाइ रहेको छ।

हिन्दू सम्राट सेना, रंगेलीको टोलीले रंगेली नगरपालिकाका प्रशासकीय अधिकृत सृजना तिवारी र उपप्रमुख भुमा पराजुलीसँग भेट गरी समस्याबारे थप जानकारी गराएका थिए । मन्दिर परिसरभित्र समेत सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको विषयमा ध्यानाकर्षण गराएको जनाएको छ।

धार्मिक आस्थाको केन्द्र मन्दिरको पवित्रता कायम राख्न, मन्दिर परिसरलाई मर्यादित बनाउन र सनातन धर्मावलम्बीहरूको भावनाको सम्मान गर्न आफूहरूले बारम्बार आवाज समेत उठाएको हिन्दू सम्राट सेनाले जनाएको छ। मदिरा बिक्री र परिसरभित्र सुर्तीजन्य पदार्थको कारोबार भइरहेको विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने मग समेत रहेको सेनाको माग छ। सेनाले यस विषयमा नगरपालिकासहित सम्बन्धित निकायबाट यथाशीघ्र उचित निर्णय र प्रभावकारी कदम चालिने अपेक्षा गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।