मेनु

बुद्ध एयरको जहाजको टायर पञ्चर, राजविराजका यात्रु घण्टौँ अलपत्र ।थारू पाेर्टल

बुद्ध एयरको जहाजको टायर पञ्चर, राजविराजका यात्रु घण्टौँ अलपत्र ।थारू पाेर्टल

राजविराज, कात्तिक १७ ।

बुद्ध एयरको जहाजको टायर पञ्चर भएपछि सोमबार राजविराजबाट काठमाडौँ जाने यात्रु घण्टौँसम्म विमानस्थलमै अलपत्र परेका छन्।

काठमाडौँबाट निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो राजविराज आइपुगेको जहाज अवतरणपछि टायर पञ्चर भएको थियो। यसका कारण काठमाडौँ जान प्रतीक्षारत यात्रु समस्यामा परेका हुन्।

उडान अनिश्चित हुँदा विदेश जाने यात्रु, परीक्षार्थी तथा अन्य यात्रुको व्यक्तिगत र व्यावसायिक काम प्रभावित भएको छ। यात्रुले लामो समयसम्म स्पष्ट जानकारी र खानपानको व्यवस्था नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुद्ध एयरका वरिष्ठ अधिकृत सन्दीप खवासका अनुसार टायर मर्मतका लागि विराटनगरबाट प्राविधिक टोली बोलाइएको छ। सोमबार काठमाडौँ जान ६९ जनाले टिकट काटेकोमा केहीले टिकट रद्द तथा मिति परिवर्तन गराएका छन्। बाँकी ५८ यात्रुलाई काठमाडौँ लैजाने तयारी रहेको उनले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।