मोरङ ।
विष्णु राजबंशी

गायक तथा संगीतकार दिप नारायण राजवंशीले Niff Award 2026 हात पार्न सफल भएका छन्। आफ्नो प्रतिभा, मेहनत र सिर्जनामार्फत उनले राजवंशी समुदायको गौरव बढाएका छन्।
उनको महत्वपूर्ण योगदान रहेको डकुमेन्ट्री ‘विराटनगर के प्राचीन राजवंशी’ ले राजवंशी समुदायको इतिहास, पहिचान, कला तथा संस्कृतिलाई उजागर गर्ने काम गरेको छ।

राजवंशी चलचित्रकर्मी समाज समितिका अध्यक्षसमेत रहेका राजवंशीले गीत–संगीत, चलचित्र तथा वृत्तचित्रका माध्यमबाट भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन्।

उनले प्राप्त गरेको यो अवार्ड व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई राजवंशी समुदायको भाषा, कला, संस्कृति र पहिचानको सम्मानका रूपमा समेत हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।