मेनु

पटका तस्करी बढ्दै नेपाल प्रहरी र ससस्त्र प्रहरी माैन !!थारू पाेर्टल

पटका तस्करी बढ्दै नेपाल प्रहरी र ससस्त्र प्रहरी माैन !!थारू पाेर्टल

कार्तिक ,२० ,शुक्रबार ।

तिहार नजिकिँदै गर्दा मोरङको रंगेली क्षेत्रका विभिन्न नाकाबाट पटाकाजन्य विस्फोटक वस्तुको अवैध ओसारपसार बढ्दै गएको छ। विगतका वर्षहरूमा तिहारलाई लक्षित गरी सक्रिय रूपमा ईलाका प्रहरी कार्यलय प्रमुख तथा सससत्र प्रहरी प्रमुख हरुकाे सक्रियतामा  पटका बरामद तथा नष्ट गर्ने कार्य गर्दै आएको भएता पनि यस बर्ष भने  इलाका प्रहरी कार्यालय रंगेली र सससत्र प्रहरी प्रमुखहरुकाे अपेक्षाकृत निष्क्रिय रहदा पटका बडि मात्रामा तस्करी भईरहेकाे छ। रंगेलीको चोप्राह, धनापट्टी, आमगाछी, कर्सिया, मायागन्ज, नोचा लगायतका सीमावर्ती तथा बजार क्षेत्रबाट दैनिक रूपमा पटाकाजन्य वस्तु नेपाल भित्रिने गरेको स्थानीय स्रोतहरूको दाबी छ।

यसरी भित्र्याइएका पटका पथरी, उर्लाबारी, कानेपोखरी, बेलबारी लगायतका बजार तथा आसपासका क्षेत्रमा तस्करहरुले  पुर्‍याउने गरिएका छन ।  विगतका वर्षहरूमा तिहार नजिकिएसँगै प्रहरीले विभिन्न स्थानका सिमाक्षेत्रहरुबाट  बडिमात्रामा  पटाकाजन्य सामग्री बरामद गर्ने, नियन्त्रणमा लिने तथा सार्वजनिक रूपमा नष्ट गर्ने गरेको थियो। पटाकाजन्य विस्फोटक पदार्थको अवैध आयात तथा बिक्रीवितरणले जनधनको सुरक्षामा जोखिम निम्त्याउन सक्ने भए पनि सीमावर्ती नाकामा निगरानी किन प्रभावकारी हुन सकेको छैन भन्ने प्रश्न उठ्न थालेको छ।

विशेषगरी बालबालिका तथा युवाहरूले प्रयोग गर्ने पटाकाबाट आगलागी, चोटपटक र अन्य दुर्घटना हुन सक्ने जोखिम रहन्छ। यस्तो अवस्थामा सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्नु प्रहरी प्रशासनको महत्वपूर्ण जिम्मेवारी हो। विगतमा पटका नियन्त्रणमा सक्रिय देखिएको प्रहरी यस वर्ष किन मौन छ? सीमावर्ती नाकाबाट भइरहेको अवैध ओसारपसारबारे प्रहरी प्रशासनलाई जानकारी छ कि छैन? तिहारको सुरक्षा र सम्भावित दुर्घटना रोक्न नेपाल प्रहरी र सससत्र प्रहरीहरुले  तत्काल सीमावर्ती क्षेत्रमा निगरानी बढाउँदै पटाकाजन्य वस्तुको अवैध आयात तथा बिक्रीवितरण नियन्त्रण गर्न आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।