मेनु

रड प्रहार गरी श्रीमानको हत्या आरोपमा श्रीमतीसहित दुई जना पक्राउ ।थारू पाेर्टल

रड प्रहार गरी श्रीमानको हत्या आरोपमा श्रीमतीसहित दुई जना पक्राउ ।थारू पाेर्टल

मोरङ, कात्तिक २३ ।

मोरङको जहदा गाउँपालिका–२, मोहनपुरमा फलामको रड प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित दुई जना पक्राउ परेका छन्।

 

प्रहरीका अनुसार कात्तिक २२ गते राति करिब ९ बजे ४० वर्षीय बधु राम सोरेन मृत अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले अनुसन्धानका क्रममा भारतको बिहार राज्यअन्तर्गत कटिहार जिल्लाका २७ वर्षीय सुलभ मिश्रलाई घटनास्थल नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको हो। घटनापछि फरार रहेकी मृतककी श्रीमती ३५ वर्षीया कमली बास्केलाई कात्तिक २३ गते बिहान करिब ७ बजे धानबारीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको फलामको रडसमेत बरामद भएको छ। पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।