जहदा, मोरङ ।कार्तिक।२८।
विष्णु राजबंशी

मोरङको जहदा गाउँपालिका–२, मोहनपुर घटनाबाट प्रभावित टुहुरा भाइ–बहिनीलाई BIC Nepal ले राहत तथा सहयोग प्रदान गरेको छ।सहाराविहीन बनेका बालबालिकाको अवस्थालाई मध्यनजर गर्दै संस्थाले सहयोग उपलब्ध गराएको हो। यसैबीच, जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेनले गाउँपालिका कार्यालय खुल्नासाथ पीडित बालबालिकालाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले बालबालिकाको शिक्षा, पालनपोषण र भविष्य सुरक्षित बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताइन्।त्यस्तै, वडा नं. २ का अध्यक्ष चन्द्रशेखर कुमार साहले पीडित बालबालिकाको संरक्षण र आवश्यक सहयोगका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।कार्यक्रममा समाजसेवी बिनिता सिंह र प्रहरी चौकी मझारेकी सहायक प्रहरी निरीक्षक गीता दाहालको समेत उपस्थिति रहेको थियो।

BIC Nepal को सहयोग र जनप्रतिनिधिको प्रतिबद्धताले पीडित बालबालिकामा आशा जगाएको छ। तत्कालीन राहतसँगै उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र दीर्घकालीन पालनपोषण सुनिश्चित गर्न स्थानीय सरकार, सामाजिक संघसंस्था तथा समुदायको निरन्तर सहयोग आवश्यक देखिएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।