मेनु

मनाेकामना दूध डेरीकाे मनाेमानी स्थानीय सरकार किन मौन?थारू पाेर्टल

मनाेकामना दूध डेरीकाे मनाेमानी स्थानीय सरकार किन मौन?थारू पाेर्टल

कार्तिक। २८।शनिबार 

रबिन्द्र बराल 

मोरङको रतुवामाई नगरपालिका–४, आमबारीस्थित मनोकामना दूध डेरीले नेपालीहरूको महान् पर्व छठ नजिकिँदै गर्दा पूजाका लागि अत्यावश्यक मानिने दूधको मूल्य प्रतिलिटर १०० रुपैयाँमा बिक्रीवितरण गरेको पाईएकाे छ ।

पर्वको समयमा दूधको माग बढी हुने अवस्थालाई अवसरका रूपमा प्रयोग गर्दै डेरीले आफूखुसी मूल्य बढाएको स्थानीयको अराेप रहेको छ । स्थानीयका अनुसार कृषकबाट प्रतिलिटर ५० रुपैयाँमा दूध खरिद गरेर उपभोक्तालाई दोब्बर मूल्य १०० रुपैयाँमा बिक्री गरिँदै आएको बताएका छन ।

दूधको मूल्यमा ठूलो अन्तर राखेर बिक्री गर्दा सर्वसाधारण उपभोक्ता हरुलाई छठ पर्वकाे समयमा  आर्थिक भार परेको उनीहरूले बताए । मूल्यवृद्धिबारे स्थानीय सरकारले अहिलेसम्म सन्चालक माथि  कुनै प्रकारको कार्वाही गर्ने सकेको छैन । छठ पर्वमा दूधको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेकाले मूल्यवृद्धिले स्थानीय परिवारलाई थप आर्थिक समस्यामा पारेको उनीहरूले बताएका छन्।

स्थानीयले सम्बन्धित नगरपालिका, उपभोक्ता हित संरक्षण समिति तथा बजार अनुगमन गर्ने निकायसँग तत्काल अनुगमन गरी दूधको खरिद तथा बिक्री मूल्यबारे छानबिन गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन्।  मनोकामना डेरी सञ्चालक पप्पु यादवका अनुसार आफुहरुले ८५ रुपैयाँ प्रतिलिटर दुघ खरिद गरेकाे हुनाले १०० रुपैयाँमा बिक्रीवितरण गरेको स्वईकार गरेका छन । उनका अनुसार १ सय देखि १ सय ५० लिटर सम्म १०० रुपैयाँ प्रतिलिटरका दरले बिक्रीवितरण गरेको र पछि बिराेध भए पछि ८० रुपैयाँ प्रतिलिटर बिक्रीवितरण गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।