कटहरी, मोरङ ।कार्तिक।२८।
विष्णु राजबंशी
छठ पर्वको अवसर पारेर मोरङको कटहरी गाउँपालिका–१, जमटोकीमा ९० जना व्रतालु महिलालाई साडी वितरण गरिएको छ।श्री हरि सत्संग समिति नेपालको आयोजनामा भएको कार्यक्रममा समाजसेवी एवं धार्मिक व्यक्तित्व डा. शिव शंकर साहले ९० थान साडी उपलब्ध गराउनुभएको थियो।

व्रतालु महिलाहरूलाई सम्मान तथा सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समितिका अध्यक्ष भिखम चन्द सरल, ग्राम संगठन अध्यक्ष विद्यानन्द माझी, नगर संगठन अध्यक्ष धनश्याम कावरा, सम्भाग अध्यक्ष महेश स्वर्णकारलगायत धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

साडी प्राप्त गरेपछि व्रतालु महिलाहरूले खुसी व्यक्त गर्दै सहयोगी दाता डा. साह र आयोजक समितिप्रति आभार प्रकट गरेका थिए।छठ पर्वको अवसरमा गरिएको यस सहयोगले धार्मिक आस्था, सामाजिक सद्भाव र आपसी सहयोगको भावना थप बलियो बनाएको आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।