मंसिर, १ ।मंगलबार
मोरङको रंगेली ७ स्थित रंगेली गौचर गौशालाको ४६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। गोपाष्टमी पर्वको अवसर पारेर संस्थाले प्रत्येक वर्ष साधारणसभा गर्दै आएको छ । २०३७ सालमा स्थापना भएको रंगेली गौचर गौशालाले स्थापनाकालदेखि नै ५२ बिघा जग्गाको संरक्षण गर्दै गाईवस्तुको सेवा, संरक्षण तथा पालनपोषणमा योगदान पुर्याउँदै आएको छ।साधारणसभाको अवसरमा गौशालाको स्थापनादेखि नै विभिन्न माध्यमबाट योगदान पुर्याउँदै आएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। गोपाष्टमी पर्वको अवसरमा गाई पूजन, हवन तथा महाप्रसाद वितरण कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रंगेली नगरपालिकाकी प्रमुख भुमा पराजुली बिष्ट अथिति नगरका प्रमुख प्रशासकीय अधिकृत सृजना तिवारी, सल्लाहकार मदन बगडिया, सहदेव राजगढिया, मंगलचन्द बगडिया, मचिन्द्र कटुवाल, सुरेश मिश्र, सन्तोष साह, बजरंग अग्रवाल, महेश साह, रबिन्द्र यादव, शितल अग्रवाल, राजेश बगडिया, राजेश शर्मा तथा विभिन्न वडाका वडाध्यक्षलगायतको सहभागिता रहेको थियो। संस्थामार्फत गाईवस्तुको संरक्षण र सेवाका साथै धार्मिक तथा सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउने काम भइरहेको उनले बताए। हाल जम्मा १५२ वटा गाईवस्तु रहेका छन्। जसमा ५२ वटा गाई, २५ वटा बाछा, ६९ वटा बाछी र ६ वटा साँढे रहेका छन्।
कार्यक्रममा आजिवन सदस्य मदन बगडियालाई सभाबाट दाेसल्लाह तथा सम्मानपत्र सहित सम्मान समेत गरिएको थियोे । गाईवस्तुको संरक्षण, उचित पालनपोषण तथा व्यवस्थापनलाई मुख्य उद्देश्य बनाएको गौशालाले वर्षौंदेखि यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। गाईलाई धार्मिक आस्था र संस्कृतिसँग मात्र जोडेर नभई महत्वपूर्ण पशुधनका रूपमा समेत संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ। यसका लागि गौशालाको संरक्षण, व्यवस्थापन र दीर्घकालीन सञ्चालनमा स्थानीय सरकार, सरोकारवाला तथा समाजका सबै पक्षको सहयोग आवश्यक देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।