मंसिर ३ बिहीबार
रबिन्द्र बराल
माेरङकाे सिमाक्षेत्रमा रहेको रंगेली ,धनपालथान ,रतुवामाई,सुनवर्सि, जहदा क्षेत्रकाे सिमाबर्तिमा बिओपी रहेता पनिसो क्षेत्रबाट हुने तस्करी नियन्त्रण भने प्रभावकारी रूपमा अगाडि बढाउन सकेको छैन। सीमा क्षेत्रमा रहेका सशस्त्र बीओपीका प्रमुखहरू छ महिनामा परिवर्तन भएतापनि सो क्षेत्रबाट पनि दैनिक रुपमा ठूलो मात्रामा खाद्यान्न लत्ता कपडा, सुर्तीजन्य वस्तुहरू भारतबाट अबैध रूपमा नेपाल भित्रिने गरेका छन । मोरङको सिमा क्षेत्रमा रहेको रङ्गेली स्थित चोप्राह बोर्डर , धनपट्टि बोर्डर, सिट्टी बोर्डर, चुनी बारी बोर्डर, खरे बारी बाेडर क्षेत्रमाहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चाैकी रहेता पनि सो क्षेत्रबाट तस्करी नियन्त्रणमा अझै उल्लेख्य रुपमा प्रहरीले काम गर्ने सकेको छैन । ससस्त्र प्रहरीकाे नौ बटा सीमा सुरक्षा इकाइको तीन महिनाको विवरणमा सबैभन्दा बढी बीओपी सिक्टीले राम्रो काम गरेकाे देखिन्छ । बिवरण अनुसार कात्तिक २६ गतेसम्म २१ लाख ९५ हजार ७सय ५० रुपैयाँ बीओपी सिक्टीले राजस्व उठाउन सफल भएको छ ।

सससत्र गुल्म सोराभागले ५ लाख ४२ हजार ४ सय ५० रुपैयाँ , सससत्र गुल्म बरडंगाले ५ लाख १६ हजार ५ सय ६९ रुपैयाँ र बीओपी नोचाले ४ लाख ६४ हजार ६ सय ५५ संकलन गरेका छन्। त्यसैगरी बीओपी धनापट्टीले ३ लाख ६४ हजार ८ सय २५ रुपैयाँ र बीओपी डोरियाले २ लाख ९८ हजार ६ सय ४५ रुपैयाँ , बीओपी रंगेलीले १ लाख ५६ हजार ७ सय ३५रुपैयाँ र बीओपी तारिगामाले १ लाख ३२ हजार ८सय १०रुपैयाँ र बीओपी मिर्चाडाँगीले ३५ हजार संकलन भएको छ। विवरणअनुसार नौवटा सीमा सुरक्षा इकाइबाट तीन महिनाको अवधिमा कुल ४७ लाख ७ हजार ४ सय ३९ रुपैयाँ संकलन भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनीका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताउनु भयो । भारबाट अबैध रुपमा नेपाल भित्रिएका सामाग्रीहरु ससस्त्र प्रहरीले बरामद गरेर राम्रो राजस्व सङ्कलन गर्ने सफल भएता पनि नेपाल भारत तर्फ बडि मात्रामा गाई गाेरु सिमाक्षेत्रबाट गाई चराउन बहानामा भारत तर्फ लैजाने र बडि मात्रामा रतुवामाई ४ स्थित सिधारी, चाेैकीघाट ,बालुवारी हुदै भारत नेपालकाे सिमानामा रहेको थलगाछी हुदै गाई ,गाेरु तस्करी हुने गरेको स्थानीयले बताएका छन । साे क्षेत्रमा बिओेपी डाेरीया ससस्त्र बेश क्याप रहेता पनि उल्लेखनीय काम हुन सकेको छैन ।

साे क्षेत्रबाट पिकप भ्यानहरुमा बडि मात्रामा भारत तर्फ गाई गाेरु तस्करी हुने गरेको भएता पनि ससस्त्र प्रहरी भने मुखदशक बनिरहेको स्थानीयले बताएका छन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनीकाे तीन महिनाकाे रेकडमा उक्त बेश क्यापले कार्तिक २७ गतेसम्म २ लाख ९८ हजार ६४ रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको पाईएकाे छ । यसरी सिमाक्षेत्रमा रहेकाे बेश क्यापले साेचे भन्दा कम राजस्व सङ्कलन भईरहेकाे छ । नेपाल सरकारकाले ठुलो मात्रामा राजस्व उठाउने लक्ष्य राखेता पनि सिमाक्षेत्रका बिओपिका प्रमुखहरुकाे प्रभावकारी रुपमा निगरानी नहुदा र फितलो सुरक्षाका कारणले गर्दे राजस्व सङ्कलनमा कमि आईरहेकाे देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।