मेनु

पथरीशनिश्चरेको तामाङ गुम्बामा तीन ओटा प्रतिमा अनावरण साथै निरहार ञ्यूङने व्रत लगायतको कार्यक्रम हुने ।थारू पाेर्टल

पथरीशनिश्चरेको तामाङ गुम्बामा तीन ओटा प्रतिमा अनावरण साथै निरहार ञ्यूङने व्रत लगायतको कार्यक्रम हुने ।थारू पाेर्टल

पथरी शनिश्चरे ,समाचारदाता- मंसिर, ३ 

मोरङको पथरीशनिश्चरे—१० स्थित ओम सियार जम्मुलिङ बज्र गुम्बालाई तीन ओटा विशेष प्रतिमा प्राप्त हुने भएको छ । करोड बढी पर्ने मूर्तिहरु काठमाडौं निवासी विकाश थोकर तामाङबाट उपहार स्वरुप प्रदान गर्न लागेको ओम सियार जम्मुलिङ बज्र गुम्बाका सल्लाहकार चन्द्रकुमार घिसिङले बताउनुभयो । तामाङ समुदायका लागि धार्मिक सांस्कृतिक कार्यक्रमहरु गर्न पथरीशनिश्चरे—१० मा समुदायकै लगानीमा भव्य गुम्बा निर्माण सम्पन्नहुँदैछ । गुम्बा निर्माणधीन अवस्थामा धार्मिक, सांस्कृतिक कार्यक्रमहरु भएपनि हालसम्म त्यहाँ मूर्तिहरु थिएनन् ।

नेपाल तामाङ लामा गेदुङ संघीय अध्यक्ष लामा पाल्देन योञ्जनको संयोजनमा विकास थोकरले गुम्बालाई ३ वटा मूर्ति दिन लागेको ओम सियार जम्मुलिङ बज्र गुम्बाका सचिव सविन योञ्जनले बताउनुभयो । गुम्बालाई प्राप्तहुने अमिताभ बुद्ध, गरु रिम्पोछे, चेन्रेसीको प्रतिमा मंसिर ८ गते पूजासहित स्थापना गर्ने कार्यक्रम राखिएको आयोजक समितिका अध्यक्ष प्रेमप्रसाद तामाङले बताउनुभयो । मंसिर ८ गते गुम्बामा प्रतिमा राख्नुको साथै मूर्ति प्रदान गर्नुहुने विकाश थोकर तामाङलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।

मंसिर- ८ गते निराहार ञ्यूङने व्रत, ९ गते शिल ग्रहण, १० गते मौन व्रत र ११ गते त्रिमूर्ति अनावरण, धन्यवादसहित कार्यक्रम समापन गरिने सल्लाहकार चन्द्रकुमार घिसिङले बताउनुभयो । मूर्ति अनावरण १ नं.प्रदेशका सामाजिक विकास मन्त्री गीता तिम्सिनाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम तयार भएको छ । चार दिनसम्म चल्ने कार्यक्रममा गुम्बा निर्माणको लागि सहयोगदाताहरुलाई दैनिक रुपमा सम्मान कार्यक्रम राखिएको सल्लाहकार तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।