मेनु

कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५५ वर्षीय ससुरा पक्राउ; कुटपिट गर्ने छोरा पनि समातिए ।थारू पाेर्टल

कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५५ वर्षीय ससुरा पक्राउ; कुटपिट गर्ने छोरा पनि समातिए ।थारू पाेर्टल

कानेपोखरी 

मोरङको कानेपोखरी गाउँपालिका–६ मा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन्। घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित पीडितको घरमा बस्ने ५५ वर्षीय ससुरा नाता पर्ने व्यक्तिले बालिकामाथि जबरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनलाई मंसिर १ गते सम्मानित अदालतबाट जबरजस्ती करणी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसै घटनालाई लिएर आरोपितका २३ वर्षीय छोराले आफ्नी आमासमेतलाई छेउमा राखी पीडित बालिकामाथि भएको घटनाबारे सोधपुछ गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई मंसिर ९ गते पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका २३ वर्षीय छोरामाथि इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति गम्भीरतापूर्वक अवलम्बन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।