माघ, ५।
रविन्द्र बराल

मोरङको रङ्गेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न सफल भएको छ। न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतले सञ्चालनमा ल्याएको रङ्गेली अस्पताल देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको छ । सुशासन र व्यवस्थापन, क्लिनिकल, म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिसको सूचक अनुसार भएको मुल्यांकनमा रंगेली अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गरेको छ ।
स्थानीयकाे मातहत रहेका देशभरका अस्पताल मध्ये रंगेली अस्पताल ८९ अंक प्राप्त गरेको छ । मुल्यांकन प्रत्येक ६÷६ महिनामा हुने गरेको र अघिल्लो ६ महिनाको मुल्यांकनमा रंगेली अस्पतालले समेत ८६ अंक प्राप्त गरेको थियो । अब अझै सुधार हुँदै गएपछि रंगेली अस्पतालले प्राप्त गर्ने अंक बढ्दै जाने सहभागी हरुले बताए । कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सवैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए ।
उनले आफूहरुको व्यवस्थापकीय भूमिका रहेकाले अझ व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताए । आगामी ६ महिनामा हुने मुल्यांकनमा ९० अंक भन्दा माथि पुग्ने गरी लागि पर्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन आग्रह समेत गरेका छन । कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन ज्ञान बहादुर बस्नेत, स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका डा. सव्यता पन्थी, अस्पताल नर्सिङ प्रशासन आस्था थापा, जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठ, एमएसएस, कार्यान्वयन अधिकृत पशुपति खनाल, जनार्दन पाठक, उपमेयर भुमा पराजुली, वडा अध्यक्ष रामचन्द्र मण्डल, अस्पतालका मेसु डाक्टर बसन्त साह, व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवाल , सदस्य पुरुषोत्तम काफ्ले, अजिम आलम, अस्पतालका चिकित्सक , ईन्चार्ज , कर्मचारी विभिन्न वडाका वडा अध्यक्ष सदस्य लगायतहरूको समेत उपस्थिति रहेको थियो।