'नौमती बाजा समूहद्वारा देउसी भैली कार्यक्रमको हिसाब सार्वजनिक।थारू पाेर्टल'

January 18, 2026

विज्ञापन
No data was found

पथरी शनिश्चरे समाचारदाता,

माघ-४ गते

मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ मा रहेको पाथिभारा नौमती बाजा समूहले आफ्नो देउसी – भैलो कार्यक्रमको आय- व्यय सार्वजनिक गरेको छ। आज शनिबार जलेश्वर शिवालय मन्दिरमा नौमती बाजा समूह र नौमती बाजा संरक्षण समितिद्वारा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो। समितिका सचिव दीपक ढुङ्गानाले २ लाख ६८ हजार १ सय २६ रूपैयाँ बराबरको कुल आम्दानी र खर्च कटाएर कुल बचत १ लाख ६८ हजार १ सय २७ रूपैयाँ भएको बताउनुभयो।

पाथीभरा नौमती बाजा समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि युवराज बास्कोटाले जेनतेन संस्था रोपिएकोले यो संस्थालाई अझै फलाउने र फुलाउने जिम्मेवारी समितिमा रहेका मानिसहरूको प्रमुख भूमिका रहने उल्लेख गर्नुभयो। पथरी शनिश्चरे क्षेत्रमा सामाजिक संस्कृतिको विकास गर्दै उहाँले मादल, ढोलक, च्याब्रुङ, डम्फु , जस्तै यो नौमती बाजालाई संरक्षण गर्न पनि हामी सबैले खट्नु पर्ने कुरामा जोड दिनुभयो ।

उक्त अवसरमा संरक्षण समितिका सदस्य राजकुमार गेलाल, घनश्याम भट्टराई, घनश्याम अधिकारी, लगायतले आआफ्ना विचार व्यक्त गर्नुभयो। यस पाथिभरा नौमती बाजा समूहलाई जीवन्त तुल्याउनका लागि विधान संशोधन कार्यदल समिति निर्माण गर्ने र पुरानो समितिलाई विगठन गर्ने पनि छलफल भएको थियो। नयाँ विधान संशोधन कार्यदल समितिमा निम्न सदस्य रहनुभएको छ। तेजमाया कार्कीकाे संयोजकत्वमा जसमा सदस्यहरू क्रमश: राजकुमार गेलाल, घनश्याम भट्टराई , मुक्ति अधिकारी र इन्द्र गौतम आजीवन सदस्य बनाउने चयन हुनुभएको छ। उक्त अवसरमा समितिका क्रियाशील सदस्यहरूलाई रुद्राक्ष माला, खाँदा र अविरले सम्मानित गरिएको थियो । १ हजार ५ रूपैयाँ सहयोग दान गर्नुहुने महानुभावहरूलाई आजीवन सदस्य र ५ सय रुपैयाँ माथि सहयोग दिनुहुने दाताहरूलाई संस्थाको सदस्यता प्रदान गर्ने सो समितिका सचिव दीपक ढुंगानाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.