'रतुवामाई–५ चटपटे चोकमा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, दुई घाइते ।थारू पाेर्टल'

January 21, 2026

विज्ञापन
No data was found

माघ।७।

मोरङको रतुवामाई नगरपालिका–५ स्थित चटपटे चोकको भित्री सडक खण्डमा आज बिहान गम्भीर दुर्घटना भएको छ। चटपटे चोकबाट गोविन्दपुरतर्फ जाँदै गरेको को २ त १९३६ नम्बरको ट्र्याक्टर (सिमेन्ट मिक्सर मेसिन जडान गरिएको) अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनाका क्रममा ट्र्याक्टरबाट मिक्सर मेसिन छुट्टिएपछि सोही मिक्सर मेसिनमा सवार तीन जनामध्ये सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय किसन कुमार मण्डलको मिक्सर मेसिनको चक्काले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि रंगेली अस्पताल पठाइएको छ। घाइतेमध्ये सुनवर्षी नगरपालिका–९ का २० वर्षीय रबिन पासवानको कम्मरमा गम्भीर चोट लागेको छ भने सोही नगरपालिका–९ का ३५ वर्षीय राज मण्डलको बाहिरी चोटपटक नदेखिए पनि अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको छ। ट्र्याक्टर चालक घटनापछि फरार रहेकाले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्र्याक्टर भने घटनास्थलमै रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.