'विराटनगरबाट लागूऔषधसहित दुई जना पक्राउ ।थारू पाेर्टल'

January 21, 2026

विज्ञापन
No data was found

 माघ। ७।विराटनगर 

विराटनगर महानगरपालिका–४ स्थित नहर क्षेत्रबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न एक व्यक्तिलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ निवासी ३५ वर्षीय सुदिन मन्सुरी रहेका छन्। उनी सवार को ३७ प ३३६६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको ज्याकेटभित्र लुकाइछिपाई राखिएको १४० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

मन्सुरीलाई पक्राउ गरेपछि लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा इटहरी–५ निवासी ५० वर्षीय रोहित कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीको सहकार्यमा कार्कीको कोठाबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले कार्कीको कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, नाइट्राजाम ४६० ट्याब्लेट, कोरेक्स १८ बोतल तथा स्पास्मोप्रोक्सिभन ३३६ क्याप्सुल बरामद गरेको जनाएको छ।दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.