'प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२: १६५ क्षेत्रमा ३,४८६ उम्मेदवारी दर्ता ।थारू पाेर्टल'

January 21, 2026

विज्ञापन
No data was found

काठमाडौँ —माघ।७

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (FPTP) निर्वाचन प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३,४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

दर्ता भएका उम्मेदवारीमध्ये ३,०८९ जना पुरुष, ३९६ जना महिला तथा १ जना अन्य समूहका रहेका छन्। प्रारम्भिक सूची भएकाले यसमा सामान्य परिवर्तन हुन सक्ने आयोगले स्पष्ट पारेको छ।

निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मनोनयनविरुद्ध दाबी–विरोधमा उजुरी दिन सकिनेछ। सोही दिन दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ।माघ ८ गते बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। यस्तै, माघ ९ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था छ।

सोही दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.