'सुनवर्षि–१ गिर्दलियमा रहेकाे मुस्लिम बस्तीमा भीषण आगलागी, ८ घर जलेर नष्ट ।थारू पाेर्टल'

January 27, 2026

विज्ञापन
No data was found

माघ।१३।

मोरङको सुनवर्षि नगरपालिका–१ गिर्दलियास्थित मुस्लिम समुदायको बाक्लो बस्तीमा गएराति भीषण आगलागी हुँदा ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट ठूलो धनमालको क्षति भएको छ भने ८ घरपरिवार विस्थापित भएका छन्।

प्रारम्भिक जानकारी अनुसार आजात मियाँको घरमा विद्युत सर्ट भई राति करिब १० बजे आगलागी सुरु भएको हो। आगो तीव्र रूपमा फैलिँदा आजात मियाँको घर तथा किराना पसलसहित स्थानीय अलाहदिन मियाँ, घोता मियाँ, फर्मु मियाँ र असलम मियाँलगायतका घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागी नियन्त्रणका लागि कानेपोखरी ,पथरी शनिश्चरे, रंगेली, र बेलबारी नगरपालिकाबाट आएका दमकल प्रयोग गरिएको थियो। आगो फैलिन नदिन सुरक्षाका लागि केही घरहरू भत्काउनुपर्ने अवस्था समेत आएको प्रहरीको भनाइ छ।

आगलागीमा आजात मियाँको घरमा रहेको एउटा ब्याउने गाई जलेर मृत्यु भएको छ भने दर्जनौं पशुचौपाया घाइते भएका छन्। साथै घरभित्र राखिएको खाद्यान्न, लत्ताकपडा, नगद तथा दैनिक उपभोग्य सामग्री पूर्ण रूपमा जलेर खरानी भएको छ।

घटनाबाट प्रभावित ८ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन्। पीडित परिवारहरूलाई तत्काल राहत, खाद्यान्न तथा अस्थायी बासको व्यवस्था गर्न स्थानीयबासीले सम्बन्धित निकायसँग माग गरेका छन्। आगलागीबाट भएको क्षतिको यथार्थ विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.