'कविता भित्रको कथा — शैलेन्द्र ‘व्याकुल’ ।थारू पाेर्टल'

February 15, 2026

विज्ञापन
No data was found

📜 कविता भित्रको कथा
शैलेन्द्र ‘व्याकुल’ कानेपाेखरी -३ हरकपुर

एकादेशबाट लखेटिएका शरणार्थीहरू,
हारको पीडा लुकाउँदै
आफ्नो अस्तित्व काखीमा च्यापेर
हाम्रो भूमिमा पसे।

हामी सभ्य भयौं,
शरण दियौं,
आफूलाई मेट्दै, जलाउँदै
उनीहरूमा प्राण भर्‍यौं,
प्रकाश छर्‍यौं।

तर कालान्तरमा
तिनै शरणार्थीहरू
हाम्रै अस्तित्व अस्वीकार गर्न थाले,
हाम्रै जमिन, जङ्गल, जल
आफ्नै भएको दाबी गर्न थाले।

धिक्कार छ हामीलाई,
भक्षकहरूलाई पहिल्यै नचिनेकोमा!

तर कथा यत्तिमै टुंगिँदैन,
अस्तित्वको लडाइँ अझ बाँकी छ।
क्रान्तिको प्रसव पीडाबाट
नयाँ, विभेदरहित समाज जन्मिनेछ,
जहाँ सबैको अस्तित्व स्वीकार्य हुनेछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.