चैत्र १ आईतवार
रबिन्द्र बराल
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ स्थित मिर्चाडाँगी गाउँ जाेडिने रतुवा खाेलामा झुुलुङ्गेपुलकाे निर्माणकार्य अन्तिम चरणमा पुगेपछि स्थानीयहरु उत्साहित भएका छन् । नेपाल सरकार तथा सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास विभाग द्वारा उक्त स्थानमा मिर्चडाँगी महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज ७ सय ४७ मिटर लम्बाईकाे ब्रिजकाे निर्माणकार्यकाे लागी थानी निर्माण सेवा प्राईभेट लिमिटेड बत्तीसपुतली, काठमाडौंले उक्त व्रिज निर्माणको लागि भ्याट सहित जम्मा १९ करोडौं ८२ लाख ४४ हजार ६ सय ६२ रुपैयाँ मा ब्रिज निर्माणका लागि ठेक्का पाएको छ।

उक्त व्रिज निर्माणकार्यका २०८२ असार ११ गते ठेक्का सम्झौता गरिएको थियोे । साे व्रिजकाे २०८४ असार १० गते निर्माण कार्यका लागि नेपाल सरकारले २४ महिनाकाे समय अवधि दिएता पनि निर्माण कम्पनीले भने तीव्र रुपमा निर्माण कार्य सञ्चालन गरी समय अवधि भन्दा १४ महिना अगाडि नै निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्माण व्यवसायी लोकबहादुर बस्नेतले बताएका छन् । बस्नेतका अनुसार वैशाखको दाेस्रा साताभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने र सम्बन्धित निकायलाई हस्तान्तरण समेत गर्ने उनले बताएका छन्।
नेपाल भारतकाे सिमानाकाे बिच भागमा पर्ने श्रिलंकाकाे टापु भनेर प्रचलित ठाउँका स्थानीयहरुले रतुवा खाेलामा आउने बर्षेउनि बाढिका कारण आफ्नो ज्यान जाेखिमा पारेर आवतजावत गर्दे आईरहेता पनि स्थानीयहरु व्रिज सन्चालमा आएपछि निकैनै लाभान्वित हुने गरेको स्थानीय चन्दन सिहले बताए । साे गाउँमा रातिकाे समयमा कसैलाई बिरामीभए वा कुनै समस्या परेकाे अवस्था बर्षाकाेे समयमा भारतीय भुमि हुदै उपचारका लागि लैजान बाध्य हटने र उक्त खाेलामा पुल नबन्दा आफुहरुले उत्पादन गरेका साग सव्जिहरु समेत खरिदबिक्री गर्नेेका लागि भारतीय भुमि भएर नेेपालकाे झापकाे गाैरिगञ्ज बजार, चिलारी चाेक तथा माेरङकाे पिडालीचाेक , भद्र चाेक सम्म आउनका लागि निकैनै समस्या भाेग्नु पर्ने स्थानीय हारिना देवी गनगाईले बताईन । स्थानीयका अनुसार उक्त गाउँमा रतुवाखाेलामा आउने वढिका कारण खाेलामा तटबन्ध नहुदा गाउँ नै जाेखिमा पर्ने गरेकाे र साे गाउँ बाट सम्म पुग्नका लागि खेतकाे आलिबाट आवतजावत गर्नु पर्ने समस्या समेत रहेको र सडककाे कुनै सुबिधा समेत नरहेको स्थानीय सन्जय सिहंले बताए ।