१५ चैत, कानेपोखरी

कानेपोखरी गाउँपालिकामा आधारभूत तह (कक्षा ५ र ८) को पालिका स्तरीय वार्षिक परीक्षा अाज देखि सुरु हुँदैछ।
कक्षा ५ मा ८९४ र कक्षा ८ मा ८०४ गरी कुल १,६९८ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। कक्षा ५ को परीक्षा आफ्नै विद्यालयमा हुने व्यवस्था गरिएको छ भने कक्षा ८ का लागि विभिन्न विद्यालयहरूमा परीक्षा केन्द्र तोकिएको छ।

परीक्षा चैत १५ देखि २२ गतेसम्म दिउँसो १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अंग्रेजी विषयबाट सुरु भई अन्तिम दिन स्थानीय विषय ‘कानेपोखरीको सेरोफेरो’ को परीक्षा हुनेछ।गाउँपालिकाले परीक्षा सञ्चालनका लागि विभिन्न विद्यालयहरूमा केन्द्र निर्धारण गरिसकेको जनाएको छ।