'कानेपोखरीबाट एसईई परीक्षामा ५८२ विद्यार्थी सहभागी हुँदै ।थारू पाेर्टल'

April 1, 2026

विज्ञापन
No data was found

१८ चैत,कानेपोखरी।

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङको कानेपोखरी गाउँपालिकाबाट कुल ५८२ जना विद्यार्थी सहभागी हुने भएका छन्। गाउँपालिकाअन्तर्गत रहेका ६ वटा संस्थागत विद्यालयबाट १८२ जना तथा ८ वटा सामुदायिक विद्यालयबाट ४०० जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा भाेली  चैत १९ गतेदेखि सुरु हुँदैछ।

गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार परीक्षालाई व्यवस्थित बनाउन कानेपोखरी क्षेत्रमा दुईवटा परीक्षा केन्द्र तोकिएको छ। वडा नं. ६ रमाइलाेमा रहेकाे  जनसेवा माध्यमिक विद्यालय र वडा नं. २ दलेलीमा रहेकाे  शिक्षा विकास माध्यमिक विद्यालयमा परीक्षा सञ्चालन हुनेछ।

जनसेवा माध्यमिक विद्यालय परीक्षा केन्द्रमा भौसाबारी मावि, जनकल्याण मावि, सिंहदेवी मावि, रमाइलो बालजगत ई.स्कुल, शिक्षा विकास मावि, पर्ल एकेडेमी इङ्लिस स्कुल, माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी तथा आदर्श इङ्लिस स्कुलका गरी ३३१ जना विद्यार्थी सहभागी हुनेछन्।

त्यसैगरी, शिक्षा विकास माध्यमिक विद्यालय परीक्षा केन्द्रमा जनसेवा मावि, श्री मावि होक्लाबारी, शिक्षा सदन मावि, बाल मावि, मकालु मोरङ ई.स्कुल र पिनाकल ज्ञान मन्दिरका गरी २५१ जना विद्यार्थीले परीक्षा दिनेछन्।

यस वर्ष कानेपोखरीमा ठूलो संख्यामा विद्यार्थी सहभागी हुने भएकाले परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित र मर्यादित बनाउन तयारी तीव्र पारिएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.