बैशाख।६। कानेपाेखरी

मोरङ CHTF को दोस्रो जिल्ला अधिवेशन रमाइलोमा बैशाख ,६ गते सम्पन्न भएको छ। अधिवेशनबाट विद्यानन्द चौधरी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।
कार्यक्रमको उद्घाटन मोरङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष इन्द्र कुमार लामाकाे प्रमुख आतिथ्यमा दुई वटा मैनबत्ती बालेर कार्यक्रमकाे समुदघाटन गरिएको थियो। कार्यक्रममा कोशी प्रदेश CHTF अध्यक्ष युवराज भुजेल, कोशी प्रदेश CHTF सचिव दिनेश सुब्बा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

त्यसैगरी निर्मल फुयल लगायत अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष विद्यानन्द चौधरीले संगठनलाई अझ मजबुत, एकताबद्ध र सक्रिय बनाउँदै सदस्यहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन्।
नवनिर्वाचित पदाधिकारीहरूकाे नामावली
अध्यक्ष
विद्यानन्द चौधरी उपाध्यक्ष दुर्गाेश खतिवडा सचिव पूर्णिमा अधिकारी सह–सचिव जानुमाया भुजेल कोषाध्यक्ष आशिष भुजेल
🔹 सदस्यहरू
• बिशिका धिमाल
• बिन्तिका लिम्बू
• रोयल राई
• सूर्य चौधरी
• खेमराज पाण्डे
• सजना श्रेष्ठ
✨ नव-निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना। संघको प्रगति, एकता र खेलकुद विकासमा महत्वपूर्ण योगदान रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।