बैशाख।६।कानेपाेखरी

जनसेवा एलामुनाइ एसोसिएसन, रमाइलो–६, कानेपोखरी, मोरङले जनसेवा माध्यमिक विद्यालयकाे खेल मैदानमा जनसेवा एलामुनाइ भलिवल कप प्रतियाेगिता बैशाख २५,२६,२७ गते आयोजना गर्ने भएको जानकारी जनसेवा एलामुनाइ एसोसिएसनका अध्यक्ष राजकुमार बरालले बताउनुभयाे ।एसोसिएसनले जारी गरेको सूचनाअनुसार विद्यालयमा अध्ययनरत तथा SEE परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै
प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नु, लुकेका प्रतिभा उजागर गर्नु तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नु रहेको एसोसिएसनले जनाएको छ। सहभागी विद्यार्थीहरूले निर्धारित मितिभित्र विद्यालय प्रशासन वा आयोजक समितिमा आफ्नो टिमकाे नाम दर्ता गराउनुपर्नेछ।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूकाे टिमलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिने व्यवस्था गरिएको छ। आयोजकका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरणा दिने र विद्यालयसँग पूर्वविद्यार्थीहरूको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। भने प्रथम हुने टिमलाइ: रु १५,०००/- तथा ट्रफी, प्रमाण पत्र, मेडल तथा प्रशंसापत्र दिइनेछ भने द्वितीयहुने टिमलाइ : रु १०,०००/- तथा ट्रफी, प्रमाण पत्र, मेडल तथा प्रशंसा पत्रले पुरस्कृत गरिनेछ । जनसेवा एलामुनाइ एसोसिएसन अध्यक्षले विद्यार्थीहरूलाई उत्साहका साथ सहभागी हुन आग्रह गर्दै यस कार्यक्रमलाई सफल बनाउन अभिभावक, शिक्षक तथा सम्पूर्ण समुदायको सहयोग आवश्यक रहेको बताएका छन्।उक्त खेलकाे लागी सहयाेगकाे समेत अपील गर्नु भएकाे छ। जाे जहा हुनुहुन्छ त्याहीबाट अार्थिक सहयाेगकाे अपेक्षा राखेकाे छ जनसेवा एलामुनाइ एसोसिएसन ।