बैशाख २० आईतवार
रबिन्द्र बराल

जिल्ला रेडक्रस कार्यसमिति माेरङले नातावाद कृपावाद र छत्रछयाँमा रहेका हरुलाई धमाधम नयाँ सदस्य बनाएकाे सार्वजनिक भएको छ । रेडक्रस साेसाईटि बिराटनगरले गत फाल्गुन २५ गते रंगेलीमा रहेको उपशाखाकाे छलफल तथा निर्णय बिनै १८ जना नयाँ सदस्यीय थप गरेको प्रमाण फेला परेको छ ।

पछिल्लाे समय देेेशमा नयाँ सरकारले हरेक काम नयाँ मापदण्डअनुसार गरिरहेता पनि रेडक्रस माेरङ शाखाले आफ्नो पुरानै ढङ्गबाट निकटमा रहेका र चाप्लाेसि र आफुले भन्ने मान्ने ब्यक्तिहरुलाई साधारण सदस्य बनाएकाे पाईएकाे छ । रेडक्रस माेरङकाे सदस्यताको लागि शुल्क निर्धारण समेत तय गरेको छ । साधारण सदस्य बन्नका लागि ५ वर्षकाे लागि ६०० रुपैयाँ आजिवन सदस्य २६०० रुपैयाँ ,विशिष्ठ सदस्य ५० हजार रुपैयाँ र यशस्कर सदस्य, जिन्सी वा अचल सम्पति तथा संस्थागत सदस्य (वार्षिक) १ लाख रुपैयाँ जिन्सी वा अचल सम्पति ५० हजार रुपैयाँ मापन समेत गरिएको छ ।


रङ्गेली रेडक्रस उपशाखा रङ्गेलीका सभापति विनोद कुमार मण्डलका अनुसार आफूलाई अहिले सम्म सदस्य कहिले खुल्याे कस्ले बनायो केही पनि थाहा नभएको बताए । सदस्य बनाउँदा समितिबाट निर्णय गरेर जिल्ला पठाउनुपर्ने हुन्छ तर उक्त निर्णय समेत आफूहरूबाट नभएको बताएका छन्। यसरी चोर बाटोबाट सदस्यता बनाएको र उक्त सदस्य मान्य नहुने समेत उनले बताएका छन्। समितिबाट निर्णय भएर पारित भएर जिल्ला पठाउनुपर्ने हाे । तर केही ब्यक्तिकाे स्वार्थकालागि कुनै निर्णय बिनै सदस्य कसरी छनाैट भयाे भन्ने बिषयमा आफू अनविज्ञ रहेको समेत बताए ।

जुन सुकै माध्यम बाट सदस्य भए पनि सदस्यता बन्दा लाग्ने शुल्क मध्ये ८० प्रतिशत रकम उपशाखाको खातामा जम्मा हुनुपर्ने हुन्छ तर उक्त रकम समेत जम्मा नभएको र सो रकम कसले खर्च गर्यो आफू संग कुनै हिसाब किताब नभएको बताएका छन्। नेपाल रेडक्रस सोसाइटी शाखा मोरङका मन्त्री सुरेन्द्र गिरीका अनुसार रंगेलीकाे हकमा नगरका सचिवकाे निर्णय बाट सिफारिस भएर आएपछि आफूले केन्द्रमा सिफारिसका लागि पठाएको बताएका छन्। यदि चुनावको समयमा सो सदस्यहरूप्रति दाबी विरोध आएमा उक्त सदस्य खारेज पनि हुन सक्ने उनले बताएका छन्। रङ्गेलीका उपाध्यक्ष सुष्मा मण्डलका अनुसार आफूहरूलाई समेत नयाँ समिति कसरी बन्यो भन्ने बिषमा कुनै पनि जानकारी नभएको उनले बताएकी छन्।
उपशाखा रंगेलीका सदस्यीय राजेश गाेल्या का अनुसार केही महिना अगाडि सदस्य बनाउने भनिएता पनि पछि कसकसलाई बनाउने भन्ने विषयमा कुनै पनि छलफल तथा निर्णय समेत नभएको उनले बताएका छन्। रेडक्रस जस्तो सामाजिक संस्थालाई दलिय राजनीतिक करण गर्नु र समाजमा उक्त संस्थाले अबका दिनहरुमा आफ्नो पार्टिका व्यक्तिहरु लाई मात्रै विशेष अध्यान दिने र अन्य सर्वसाधारण हरुलाई हेर्ने दृष्टिकोण नै फरक रुपमा हेर्ने स्थानीय हरुकाे बुझाई रहेको छ । यस बिषयमा सम्धित निकायकाे समयमै ध्यान जानुपर्ने देखिन्छ ।