बैशाख २६ शनिबार
रबिन्द्र बराल

नेपाल सरकारले बिगत दुई महिना देखि देशै भरिका सरकारी अस्पतालहरुमा निशुल्क दिदै आएकाे रेविज बिरुद्धकाे भ्यास्किन पठाउन छाडेपछि मोरङको रङ्गेली अस्पतालमा विगत २ महिनादेखि खोप नपठाउँदा गरिब तथा अति विपन्न परिवारहरूका सदस्यहरुले महगो मूल्यमा किनेर लगाउनु पर्ने बाध्यता भएका छन ।
कुकुरको टाेकाई पछि रेविज नलागाेस भनेर भ्याक्सिन लगाउदै आईरहेका छन । उक्त सेवाका लागि रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाइ नगरपालिका , धनपालथान गाउँपालीका र कानेपाेखरी गाउँपालिका स्थानीयहरु दैनिकी १० देखि १५ जना सम्म भ्याक्सिन लगाउन आउने गरेका छन । अस्पतालमा रेविज विरुद्धको खोप नपठाउँदा स्थानीयहरूले महगाे मूल्यमा खरिद गरेर लगाउनुपर्ने अवस्था सृजना हुन थालेको छ । सरकारले रंगेली अस्पतालमा प्रत्येक महिना २ सय ५० भाईल रेविज बिरुद्धकाे भ्याक्सिन पठाउदै आएता पनि बिगत दुई महिना देखि भ्याक्सिन नपठाउदा बिरामी हरुलाई फिर्ता पठाउन बाध्य भएको रंगेली अस्पतालका मेसु बसन्त कुमार साह बताएका छन ।
सरकारले प्रदान गर्दै आएको रेबिज विरुद्धको खोप सरकारी अस्पताल बाट उपलब्ध हुदा आफुहरुले १०० रुपैयाँ मा तीन डाेज लगाउदै आईरहेका थिए । तर अहिले अस्पताल बाट खाेप उपलब्ध नहुदा बजारमा प्रतिगाेटा ६सय देखि ७ सय रुपैयाँसम्म खरिद खरिद गरेर लगाउनुपर्ने र बाहिरकाे भ्याक्सिन सबै डाेज पूरा गर्ने २१ सय रुपैयाँ सम्म आफुहरुले महगो मुल्यमा खरिद गरेर लगाउनुपर्ने अवस्था भएको रंगेली चाेप्राहका सन्जय मंण्डलले बताए ।


नेपाल सरकारले चैत्र १६ गते सुचना प्रकाशित गर्दे स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महागाखावाट खरिद भई यस महाशाखाको समन्वयमा सबै प्रदेशका स्वाम्य आपूर्ति व्यवस्थापन केन्द्रहरु मार्फत वितरण हुदै आएको छ । हाल ARV भ्याक्सिन खरिद प्रकृयामा रहेको र सहज रुपमा आपूर्ति हुन रेहि समय लाग्ने देखिएकोले आपूर्तिमा सहजता नभएसम्मको लागि सबै प्रदेश तथा स्थानीय तहहरुबाट नै आवश्यक पर्ने ARV भ्याक्सिन व्यवस्थापन गर्नुहुन अनुरोध गरेको छ । तर उक्त पत्रमा खरिद गर्नु भनेर कुनै पनि जवाफ नपठाउदा अस्पताल प्रशासनमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।


रंगेली नगरपालिकाले सबै पालिकाकाे लागि १ बर्षकाे लागि ५० लाख रुपैयाँ सम्म खर्च लाग्ने भए पछि अस्पताल प्रशासन पछि हटेकाे छ । यस्तो संवेदनशील कुराको लागि सबै पालिकाहरु मिलेर भ्याक्सिन खरिद गर्नु पर्ने यदि सरकारले उक्त भ्याक्सिन नपठा रंगली नगरपालिकाको भित्रका सर्वसाधारणहरुका लागि नगर बैठकमा आफूहरुले खरिद गर्ने सरसल्लाह गर्नेे अस्पताल व्यवस्थापन समितिका सदस्य अजिम आलमले जानकारी दिए।