जेष्ठ २८ बिहीबार

रंगेली बजारमा बङ्गुर मासु पसल’ औपचारिक रूपमा असार १ गतेदेखि सञ्चालनमा आउने भएको छ। स्थानीय उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तरीय मासु सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित उक्त पसल सञ्चालनमा ल्याउन लागिएको हो। सञ्चालकका अनुसार आधुनिक हाइजेनिक प्रणालीमा दैनिक रूपमा ताजा बङ्गुरको मासु तयारी गरिनेछ।

बजारमा गुणस्तरीय मासुको माग बढ्दै गएको अवस्थामा यो पसल उपभोक्ताका लागि विश्वासिलो र व्यवस्थित गन्तव्य बन्ने अपेक्षा गरिएको छ। स्वच्छता र गुणस्तरमा विशेष जोड पसलले मासु प्रशोधनदेखि बिक्रीसम्मका सबै चरणमा सफाइ र स्वास्थ्य मापदण्डलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ। उपभोक्तालाई सुरक्षित, फ्रेस र भरपर्दो मासु उपलब्ध गराउनु नै मुख्य उद्देश्य रहेको सञ्चालक ईन्द्र शिवाले बताए । अर्डरअनुसार बदेलको मासु उपलब्ध गराईने र ग्राहकको मागअनुसार ‘बदेलको मासु’ समेत अर्डर गरेर उपलब्ध गराइने व्यवस्था गरिएको बताए ।

पारिवारिक जमघट, भोजभतेर तथा विशेष अवसरका लागि यस्तो सेवा थप आकर्षक हुने अपेक्षा गरिएको छ। उद्घाटनको दिनदेखि नै ग्राहकलाई गुणस्तरीय सेवा र प्रतिस्पर्धी मूल्यमा मासु उपलब्ध गराइने जनाइएको छ। अग्रिम अर्डर तथा घरमै सेवा लिन चाहने ग्राहकका लागि सम्पर्क गर्ने समेत अनुरोध गरेका छन । स्थानीयस्तरमै स्वच्छ मासु आपूर्तिको विकल्प विस्तार गर्ने उद्देश्यसहित सञ्चालनमा आउन लागेको यो पसलले रंगेली क्षेत्रका उपभोक्ताको दैनिक आवश्यकता पूरा गर्ने अपेक्षा गरिएको छ। सम्पर्क नम्बर: ९८११०२८६३५, ९७६५२५३१३५ स्थान: रंगेली बजार, मोरङ