'मोरङका धार्मिक स्थलहरूमा चर्को आवाजमा लाउडस्पीकर बजाउन रोक, मापदण्ड उल्लङ्घन गरे कारबाही हुने ।थारू पाेर्टल'

July 30, 2026

विज्ञापन
No data was found

विराटनगर, १४ साउन ।

जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला भित्रका सम्पूर्ण धार्मिक स्थलहरूमा चर्को आवाजमा लाउडस्पीकर, माइक तथा साउण्ड बक्स प्रयोग गर्न रोक लगाएको छ। धार्मिक क्रियाकलापका क्रममा हुने अत्यधिक ध्वनिका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन जारी गरेको हो।

यसअघि नै डिजे (DJ) प्रयोगमा प्रतिबन्ध लगाइसकेको मोरङ प्रशासनले बिहीबार पुनः एक सूचना जारी गर्दै मन्दिर, मस्जिद, चर्च, गुम्बा लगायतका सबै धार्मिक स्थलहरूलाई ध्वनि प्रदूषणसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ। चर्को आवाजका कारण विशेष गरी घरमै रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरूमा मानसिक दीर्घरोगको जोखिम बढेको सूचनामा उल्लेख गरिएको छ।

प्रशासनको यो कदम सर्वोच्च अदालतको मिति २०८०/०९/१६ को फैसला र नेपाल राजपत्रमा प्रकाशित ध्वनि मापदण्डका आधारमा चालिएको हो। सरकारले तोकेको मापदण्ड अनुसार:

  • ग्रामीण क्षेत्रमा: दिउँसो अधिकतम ४५ डेसिबल र राति ४० डेसिबलसम्म।

  • शहरी आवास क्षेत्रमा: दिउँसो अधिकतम ५५ डेसिबल र राति ५० डेसिबलसम्म मात्र ध्वनि कायम गर्नुपर्नेछ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा तोकिएको मापदण्ड विपरीत ध्वनि प्रदूषण गरेमा वा गराएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.