'कानेपाेखरी गाउँपालिकाले २३वटा विद्यालयमा ९लाख बराबरकाे न्यानाे लुगा सुईटर वितरण गरेका छन ।थारु पाेर्टल'

January 7, 2025

विज्ञापन
No data was found

विद्यानन्द चाैधरी 

कानेपाेखरी ।पुस।२३गते 

माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाले पालिका भरी रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानाे कपडा सिउटर वितरण गरेका छन । पालिकाले  २३वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै बाल बालिकाहरुलाई विद्यालयमा गई स्थानिय सरकार प्रमुख राजमति ईङ्गनाम आफै गई प्रतक्ष विद्यार्थीलाई सिउटर वितरण गर्नु भयाे जसमा विद्यालयका शिक्षक टिमले समेत सहयाेग गरेर उक्त कार्यक्रम सम्पन्न भएकाे छ । जाडाे याम सुरु भएपछी उक्त कार्यले विद्यालयका प्रअ निकै सरहानिय काम भनेर प्रशन्सा समेत गर्नु भयाे भने उता विद्यार्थीहरु न्यानाे कपडा पाउदा खुसी भए । साथै सधै सिउटर लगाएर विद्यालय आउने प्रतिबद्धता समेत जाहेर गरे किन भने जाडाे हुदा लगाउने लुगा न हुदा विद्यालय आउन कठिनाय हुन्थ्याे तर सुईटर भएपछी आउन सजिलाे हुने बताए ।

पालिका अध्यक्ष राजमती ईङ्गनामका अनुसार पाेर साल विपन्न परिवारहरुलाई न्यानाे कपडा वितरण गरेका थियाै । याे पटक ९लाख रुपैया बराबरकाे सिउटर २३वटा विद्यालयमा गई वितरण गरेकाे हु र समयकाे माग अनुसार पालिकाले विभिन्न कामतथा अभियान मार्फत पालिका वासिलाई सेवा दिदै आईरहेकाे कुरा बताउनु भयाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.