'जि. एस. समाज सेवा युवा क्लब मलेसियाको १०औ अधिवेसन सम्पन्न।'

September 12, 2024

विज्ञापन
No data was found

भगत चौधरी, मलेसिया

जि. एस. समाज सेवा युवा क्लब मलेसियाको १०औ अधिवेसन सम्पन्न भएको छ।  अधिवेसनले  विम्लेश कु. यादव अध्यक्षतामा २७ जना सदस्ययीय कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्षमा बरिस्ट उपाध्यक्षमा रमेश ढुंगाना, उपाध्यक्षमा राजेन्द्र तामाङ्गम , महा – सचिवमा राम दुलाल क्षेत्री, सचिवमा बिजय परियार, सह – सचिवमा बिन्तोष कटुवाल, कोसाध्यक्षमा शान्तिकाला राई, सह – कोसाध्यक्षमा ईश्वर कार्की छन् भने  बरिस्ट सल्लाहकारमा राम परियार चयन भएको नव निर्वाचित महा – सचिव राम दुलाल क्षेत्रीले  जानकारी दिनु भएको छ। कार्यक्रम सोंलिन होस्टेलमा भब्याताका साथ सम्पन्न भएको थियो।

यो संस्था बिगत बि. सं. २०७२ सालमा स्थापना गरिएको थियो। यो मलेसियाको एक मात्र नितांत सामाजिक संस्था रहेको कुरा यसै संस्थाका अध्यक्ष विम्लेश कु. यादबले जानकारी दिनुभयो।  अहिले कति जनालाई कति कति सहयोग पठाए सम्पूर्ण जानकारी गराई अहिले सम्मको आयव्याय समेत खुलाई  संस्थाको बिधान बारे समेत जानकारी दिएका थिए। यादबले अब अझै प्रवास तथा स्वदेशमा रहेका  पिडित, दिन दुखिहरुलाई संस्था रहेसम्म  सहयोग यस संस्था गर्ने बताएका छन।

अधिवेसनमा प्रमुख अतिथीमा राम तुलसी लिम्बु  रहेका थिए। बिशेस अतिथिको रुपमा गायिका मनु योन्जन रहेका थिए। गायिका योंजन आफ्नो सांगीतिक प्रस्तुति दिई दर्शकहरुलाई भरपुर मनोरंजन समेत गराएका थिए। साथै योञ्जनले सो संस्थामा प्रवेश गरेका नयाँ  सदस्यहरुलाई शुभकामना दिई प्रवासमा रहेका पिडित, रोगि तथा समस्यामा परेका नेपालीहरुलाई  सहयोग गर्दै आएको  यस  संस्थाले गरेका कार्यहरु प्रति आफुलाई गर्भ महसुस भएको कुरा उक्त्त कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य दिएका थिए ।

यस कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य, चुट्किला, कबिता , शायारी जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको थियो। भने लामो समय देखि संस्थाको हितमा कार्य गर्ने  क्रियाशिल सदस्यहरु लाई शिल्डकप, प्रसंशा पत्र  र खादा अबिर लागाएर सम्मान समेत गरेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.