कुमालेहरु तिहारकाेलागी माटाकाे सामाग्री बनाउन ब्यस्त ।

कार्तिक ४ आईतवार
रबिन्द्र बराल
हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी सकिए पछि अर्को ठुलो दोस्रो चाड दिपावली नजिकिंदै जाँदा कुमालेहरु व्यस्त हुन थालेका छन । तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको विशेष पुजा हुने भएकोले उक्त दिन माटाको दियाे शुद्ध हुने भएकाले उक्त दियाेमा बत्ती बाल्ने चलन समेत रहेको छ ।
माेरङकाे सुनवर्सि नगरपालिका ९ स्थित कदमगाछिका पंन्डित समुदायका कुमाले हरु हस्तकला का सामाग्री बनाउन ब्यस्त हुन थालेका छन ।उनी हरुले चिम्टाईलाे माटो बाट दियाे, घैला ,काेसीया,कुहा,मटकुरी,खुत्रुकेे,हात्ती, ढकना,दलिया लगायत का समाग्री हरु बनाउन थालेका हुन । बिगत ८ बर्ष अगाडि यहि पेसा बाट आफुहरुलाई मनग्ये आम्दानी हुने गरेकाे तर अहिले बजारमा विभिन्न किसिमका झिलिमिली इलाेट्राेनिक सामान बजारमा आएपछि आफुहरुकाे राेजिराेटि नै गुम्न थालेकाेे र मेहनत अनुसार आफुहरु लाई थाेरै मात्रै फाईदा हुने गरेको सुरेन पंन्डित बताए । उनले भने पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यस लाई जगेर्ना गरेकाेर माटोको काम गर्दे धेरै मेहनत र खर्चिलाे हुने गरेको बताए । माटाेकाे दियाे ,घैला लगायत बनाउदा आफुहरुले माटो , पराल र दाउरा किन्नका लागि बडि खर्च हुने गरेको कुमाले हरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरीमा  CHITF काे दुई दिने सेमिनार तथा रेफ्री ट्रे‍निङ कार्यक्रम सम्पन्न। थारू पाेर्टल

उखुबारीमा २६ बोरा गाँजा बरामद ।थारूपाेर्टल

आधुनिक सामग्री निर्माणकाे एड्भान्स तालिम सुरु।थारूपाेर्टल

अँशबन्डाकाे बिषयमा देवरले गरे भाउजूकाे हत्या ।थारू पाेर्टल

१ राउन्ड हवाई फाईर गर्दे ब्राउन सुगर सहित ३ पक्राउ ।थारू पाेर्टल

कानेपाेखरी टप सिंहदेवी माध्यमिक विद्यालयकी आराधना ।थारू पाेर्टल