'दुर्घटना गराउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने आनाकानी ।'

November 12, 2024

विज्ञापन
No data was found
कार्तिक ।२ ।सुक्रबार ।
ईलाका प्रहरी कार्यलय रंगेलीले घटना गराउने चालक र माेटरसाईकल लाई साता दिन बितिसक्दा समेत नियन्त्रण नलिदा पिडित परिवारले बिहीबार जाहेरी दिएका छन ।रंगेली नगरपालिका ७ बस्ने वर्ष ५० का देवमणि कटुवाल लाई गत असाेज २४ गते रंगेली८ दर्वेशा चाेक नजिकैमा रहेको पोखरी अगाडिको नाला छेउमा राति ६ :३० बजे दर्वेश बाट रंगेली आउने क्रममा बजाज कम्पनीको निलो रंगको प्लेट नम्बर थाहा नभएको पल्सर मोटर साईकलले अगाडीबाट ठक्कर दिएकाे जाहेरीमा उल्लेख गरिएको छ ।
कटुवाललाई साेहि स्थान बस्ने वर्ष ४३ को माधब राजबंशीले चलाएकाे माेटरसाईकल ले ठक्कर दिएकाे पिडितले बताएका छन । रंगेली प्रहरीलाई पिडित परिवारले बारम्बार ठक्कर दिने चालक र माेटरसाईकल लाई नियन्त्रणमा लिन प्रहरीलाई दवाव दिदा समेत प्रहरी कुनै सुनवाइ नगरेपछि पिडित परिवारले सवारी अंग भङ्ग सम्धी कसुरमा मुद्दा हालेकाे परिवारले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.