बिराट राजवंशीले प्रथम हुकाहुकी कार्यक्रम कार्तिक ३ गते भव्य रुपमा मनाउने l

राजेश कुमार राजवंशी
विराटनगर 

मत्स्य देशका राजा विराट महाभारतकानदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन्। यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन हो। जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै सँगै घर बाहिर र खेतीबारीमा गएर हुकाहकी भन्दै विराट राजवंशी समुदायले मनाउने पुरखौली चलन रहीआएको छ ।कार्यक्रम को प्रमुख अतिथि राजवंशी समाज उत्थान समिति केन्द्रीय अध्यक्ष भुवनेशवर राजवंशी ले सुकरातमा लक्ष्मी माँता भगवान पुजाको साझको बेलामा हुकाहकी खेल्ने पौरानिक चलन छ बताए । कार्यक्रम बक्ताहरु राजवंशी समाज उत्थान समिति को केन्द्रीय उपाध्यक्ष प्रदीप बिश्वास राजवंशी केन्द्रीय सचिव बानेश्वर राजवंशी (बसन्त )लगायत आफ्नो भनाइ राखनु भयो ।हुकाहुकी सन्ठी र भाँसी (लामो घाँस) ले बनेको क्रस आकारको बस्तु हो।

विराट राजवंशी समुदायले घरमा कुलदेवताको (गोसाई सिरा) मा सन्ठीको हुकाहुकी राखी पूजाआजा गर्ने गर्दछ । पूजापाठ गरिसकेपछि दियोबाट सन्ठीको हुकाहुकीमा आगो लगाई आगंन हुँदै खेतबारीमा “हुकाहुकी” भन्दै उत्साहित साथ हामी मनाउँदै आएका छौ।राजवंशी समाज उत्थान समिति (बिराट)मोरग जिल्ला सचिव राजेश कुमार राजवंशी ले यो हुकाहुकी रितिमा सबै उमेर समूहका सहभागिता हुने गर्छन् बताए ।
जसले गर्दा विराट राजवंशी समुदायमा भाईचारा, आदर भाव र भावनात्मक सम्बन्ध प्रदान गर्न यो हुकाहुकीको महत्व रहदै आएको छ ।विराट राजवंशी पूर्वी तराईको मूल आदिवासी समुदाय कृषि पेसामा आश्रित रहेको पाईन्छ । विराट राजवंशी समुदायमा प्राय जसो पशुपालन र खेतीपाती गर्ने पौराणिक पेसा नै कृषि हो। हिउँदै बाली र अन्नबालीमा कीरा फट्याङग्रालाई क्षति पुर्याउने भएकोले कीरा फट्‌याङग्रालाई धपाउने हेतुले गाँउटोलमा भेलाभई साँझपख खेतबारीमा गई हुकाहुकी मनाउने प्रचलन चलिआएको छ । हुकाहुकी आगोका मुस्लो हो ।
जसले अदृश्य शैतानी शतिलाई ध्वस्त बनाउने कार्य हुकाहुकी रितिमा भएको विराट राजवंशी समुदायको मान्यता छ। गाँउ र बस्तीमा भएको कीरा फट्याङग्रा कम गर्न र सबैको स्वास्थ्य लाभको कामना गर्दै धुमधाम, भव्य र उत्साहितका साथ मनाउने गर्दछ ।अन्त्यमा विराट राजवंशी समुदायको हुकाहुकी प्रथा लोप हुदै गईरहेको छ। यसलाई संरक्षण एव्म सम्बर्द्धन गर्न राज्यको कुनै पनि निकायको पहल देखिदैन। राज्य नै मौन छ । जसले गर्दा विराट राजवंशी समुदायको साँस्कृतिक रितिरिवाज आकर्षण घट्दै गएको छ । तसर्थ विराट राजवंशी यूवा समितिले मौलिक साँस्कृतिक हुकाहुकीलाई प्रवर्द्धन गर्न यहि आउने कार्तिक ३ गते बिराटनगर महानगरपालिका वडा न १२बिराट सामुदायिक भवनमा प्रथम हुकाहुकी कार्यक्रम भव्य श्रव्यका साथ मनाउने हुदाँ यस पत्रकार सम्मेलनबाट विराट राजवसी युवा समितिद्वारा प्रथम हुकाहुकी कार्यक्रमको विषयमा केन्द्रीय युवा अध्यक्ष विक्रम राजवन्शीको अधयक्षमा सम्पन्न भयो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान  २७ गते आइतबारदेखि  ।थारू पाेर्टल

मापदण्ड भन्दा बडि खाेलाबाट बालुवा निकालेपछि गाउँ जाेखिमा ।थारू पाेर्टल

लाहा खेतीका विषयमा मिडियासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न  ।थारू पाेर्टल

ऐतिहासिक कानेपोखरीमा पाैडी खेल्नेक्रममा डुबेर  गिरीकाे मृत्यु ।थारूपाेर्टल

CHITF टेक्वान्डाे विजेता खेलाडीलाई कानेपाेखरी गा.पा ले दियाे बधाई तथा शुभकामना ।थारू पाेर्टल

माेरङमै रंगेली अस्पताल उत्कृष्ट हात्तीपाईले राेगका लागि परामर्श केन्द्र स्थापना । थारू पाेर्टल