'मृगौला पिडितद्वारा सहयोगको याचना ।थारु पाेर्टल'

November 12, 2024

विज्ञापन
No data was found
पथरी शनिश्चरे समाचारदाता,

कार्तिक -३ गते ।

मोरङ पथरीशनिश्चरे–७ कोसेली चोक निवासी ६५ वर्षिय यमनाथ शर्मा भट्टराईकाे दुवै मृगौला फेल भएर उपचारका लागि सहयोग मागिरहनु भएको छ। विगत १० वर्षदेखि उनी दुवै मृगौला फेल भएर आयुर्वेदिक औषधीको भरमा बाँचिरहेका भट्टराईले पछिल्लो दिनमा विमारले च्याप्दै गएपछि थप उपचारका लागि सहयोगको याचना गर्नु भएकाे छ। सुरुमा सिलिगुडीको पतञ्जली अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, पथरी नगर अस्पताल हुँदै अरनिको अस्पताल उर्लाबारीमा समेत उपचारको प्रयास गरेको उनले बताउनु भयाे। उपचारका लागि हालसम्म ७/८ लाख रुपैयाँ खर्च भइसकेको बताउनु भएको छ ।

उनका घरमा अशक्त श्रीमती रहेको भट्टराईले बताउनु भयाे।

उहाँलाई सहयोग गर्न चाहनेले

९८२७०३१०१७ र

९७०६१३५०९८ मा सम्पर्क गर्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.