'ससुराको हत्या गरी फरार ज्वाइँ रविन प्रहरीद्वारा पक्राउ ।थारु पाेर्टल'

November 12, 2024

विज्ञापन
No data was found
पथरिशनिश्चरे,
असोज ।७
मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं.–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनका ज्वाइँ २७ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले मूलघाटबाट आज १० बजे विहान पक्राउ गरेको इप्रका पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका र मृत आफ्नै ज्वाइँ ससुरा हुन । ससुरा तामाङको हत्या गरी ज्वाइँ रविन फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै, डीएसपी दाहालले भने, ‘घरमा दुई जना मात्रै हुनु र घटनापछि एकाएक बेपत्ता हुनुले पनि उनकै संलग्नता रहेको हो कि भनेर अनुसन्धान थालेका थियौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.