टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु र २ जना घाइते ।थारु पाेर्टल

संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा भल्भो टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार बुधबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइडमा काम गरेर फर्किने क्रममा  अनियन्त्रित भएर एचपी ११–४९३३ नम्बरको टिपर दुर्घटनामा परेको जानकारी दिए ।

बस्नेतका अनुसार  टिपर सडकदेखि अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेर अरुण तेस्रोका मजदुर भारतीयकाे  मृत्यु भएको हो । घाइते हुनेहरु पनि भारतीय नागरिक नै हुन् ।

दुर्घटनामा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार भारतीय नागरिक २९ वर्षीय सारुक महमदको मृत्यु भएको डीएसपी बस्नेतले बताए । उनका अनुसार दुवै जनाको उपचारका क्रममा जिल्ला अस्पताल खाँदबारीमा बिहीबार बिहानका राति करिब पौने ४ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा परेर भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएका छन् । गम्भीर अवस्थाका पासवानलाई खाँदबारी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।

घाइतेमध्ये पालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा हुन् । डीएसपी बस्नेतका अनुसार भिरालो ठाउँमा दुर्घटना भएका कारण उद्धारमा निक्कै बेर समय लागेको थियो । कच्ची सडक र खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल