'अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न ।थारु पाेर्टल'

January 1, 2025

विज्ञापन
No data was found
मंसिर १९ बिहिबार
रबिन्द्र बराल
३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्वको अभियान रंगेलीमा  सम्पन्न भएको छ । रङ्गेली ७ स्थित जनता क्याम्पसको प्राङ्गणमा महिला हिंसा विरुद्ध अभियान कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा सामुदायिक विद्यालय अन्तर्गत आदर्श माध्यमिक विद्यालय ,रत्न माध्यमिक बिधालय , पब्लिक उच्च मावि विद्यालय , रत्न माध्यमिक विद्यालय गणेश माध्यमिक विद्यालय, मिनिल्याण्ड बाेडिङ स्कुल लगायतका बिधार्थि हरुले महिला हिन्साका बारेमा जनचेतनामूलक गितहरुमा नृत्य गर्नुका साथै आफ्नो भनाइ समेत राखेका थिए ।
कार्यक्रमकाे प्रमुख अथिति मेयर दिलिप बगडिया, बिशिष्ट अथिति उममेयर भुमा पराजुली , जिल्ला समन्वय समितिका अध्यक्ष उषा ठाकुर , बडा अध्यक्ष रामचन्द्र मंण्डल, भरत प्रसाईं लगायत विभिन्न महिला समुहका प्रतिनिधि ,बिधालयका प्रतिनिधि लगायतकाे समेत सहभागीता रहेको थियो । कार्यक्रम अशक्त ,असायहरुका लागि विभिन्न सामाग्री हरु समेत बितरण गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको महासभा ले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको१६ दिने अभियान समेत सन्चालन हुँदै आएको हाे । लुथरन LCWS रंगेली-२ लक्ष्मीपुर , रंगेली नगरपालिका काे सहयोग र गृह श्रमिक सृजनशिल महिला समाज नेपाल र साना किसान समूह/५ वटै वडाका महिला तथा आमा समू

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.