'धनपालका दिपेन्द्र ब्राउन सुगर सहित पक्राउ ।थारु पाेर्टल'

January 3, 2025

विज्ञापन
No data was found

पुस ८ साेमबार

मोरङ धनपालथान गाउँ पालिका ४ ललियाधारकाे भित्रि सडक खण्डबाट लागुओैष सहित एक जना पक्राउ परेका छन । आईतवार दिउसाे ४ बजे विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्तोष कुमार खड्का र लागुओैषधकाे ब्युरो टाेली बिराटनगरबाट खटिएको विशेष प्रहरी टोलीद्वारा चेक जाँच गर्ने क्रममा धनपालथान ३ साेर्हभाग बस्ने बर्ष ३५ को दिपेन्द्र मण्डलकाे साथ बाट २८ग्राम १सय८० मिलिग्राम र २५ ग्राम) खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको हाे ।

निजको घर खानतलासी गर्दे (प्लाष्टिक सहितको ३८ग्राम ८सय३० मिलि ग्राम र प्लाष्टिक बाहेक ३५ ग्राम १०० मिलिग्राम) लागू औषध खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ र डिजिटल तराजु समेत फेला परेको प्रहरीले जनाएको छ । लागू औषध जम्मा ६० ग्राम १०० मिलि ग्राम बरामद भएको हाे । दिपेन्द्र लाई अनुसन्धानका लागि रंगेली प्रहरीकाे नियन्त्रणमा राखिएको र निजलाई लागुओैषध ओसारपसार तथा बेचबिखन अन्तर्गत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.