सास्थम कलेजमा स्वागत तथा क्रिसमस कार्यक्रम सम्पन्न । थारु पाेर्टल

विराटनगर,
पुष ९ गते ।
साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका नयाँ विद्यार्थीलाई स्वागत तथा क्रिसमस कार्यक्रम आयोजना गरिएको स्वागत गरिएको क्याम्पस प्रमुख विनय विष्णु केसीले जानकारी दिनुभयो ।
सो कार्यक्रममा विध्यार्थीहरुले आफनो विभिन्न कलाहरुलाई प्रस्तुत गरेका थिए । बीएचएम र बीबीएका विध्यार्थीहरुले आफनो भाषा कला र सस्कृति झल्कने पोषाकमा विभिन्न सास्कृतिक कार्यक्रम समेत गरेका थिए । पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृत प्राप्त भएको उक्त विद्यालयले प्रत्येक वर्ष होटल म्यानिजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
स्वागत कार्यक्रममा बोल्दै कलेज प्रमुख विनय विष्णु केसीले विध्यार्थीमा रहेको प्रतिभालाई सास्कृतिक प्रस्तुती मार्फत प्रस्तुत गरिएको जानकारी दिनुभयो ।कलेजले बीएचएमका विद्यार्थीहरुलाई नेपालसहित जापान, दुवई, बराइन, माल्दिभ्स लगायतका देशका स्टार होटलहरुमा इन्टर्नका लागि पठाउँदै आएको छ । कार्यक्रममा सास्थम कलेजका वि एच एम डाइरेक्टर सैलेन्द्र गणेश, क्याम्पस प्रमुख लगायत अन्य शाखा प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल