विराटनगर,
पुष ९ गते ।
साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका नयाँ विद्यार्थीलाई स्वागत तथा क्रिसमस कार्यक्रम आयोजना गरिएको स्वागत गरिएको क्याम्पस प्रमुख विनय विष्णु केसीले जानकारी दिनुभयो ।
सो कार्यक्रममा विध्यार्थीहरुले आफनो विभिन्न कलाहरुलाई प्रस्तुत गरेका थिए । बीएचएम र बीबीएका विध्यार्थीहरुले आफनो भाषा कला र सस्कृति झल्कने पोषाकमा विभिन्न सास्कृतिक कार्यक्रम समेत गरेका थिए । पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृत प्राप्त भएको उक्त विद्यालयले प्रत्येक वर्ष होटल म्यानिजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्