शिक्षाको क्षेत्रमा पथरीशनिश्चरे नगरमा ग्रेट इभेन्ट पीटी र उत्प्रेरणा प्रशिक्षण ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता-
मङ्सिर १६ गते
मोरङको पथरीशनिश्चरे नगरपालिका—१, स्थित पञ्चायत माविमा तीन दिने ‘सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम’ आज समापन भएको छ । तीन दिनमा कक्षा १२ र एसइई परीक्षामा शत प्रतिशत नजिता, खेलकुद तथा अतिरिक्त क्रियाकलामा अब्बल भएकै कारण नेपाल देशमै उत्कृष्ट (नमुना) घोषित विद्यालय रुपन्देही जिल्ला बुटवल नगरपालिकाको कलिका मानवज्ञान माविको अनुभव शेयरिङ भयो ।
कालिका माविलाई उत्कृष्ट बनाउन गरिएको संघर्षको अनुभव पथरीशनिश्चरे नगरमा रहेका २८ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत कार्यसमिति, शिक्षक अभिभावक संघ, विद्यार्थी र अभिभावकहरुसँग बुटवलका कालिका माविका प्रधानाध्यापक दिनेश थापा, शिक्षक हरिश ओलीबाट राम्रा गनिएका देशैभरका विद्यालयहरुको अनुभव पथरीले सुन्न र भिडियो मार्फत देख्न पाएका छन् ।
पथरीशनिश्चरे नगर शिक्षा विभागका प्रमुख नवीन खुलाल बुढाथोकीकाे योजनामा पञ्चायत माविको आयोजनामा भएको तीन दिने (मंसिर १३—१५) कार्यक्रममा विद्यालय कस्तो हो, गेटवटै लक्षण बुझिने बताइयो । विद्यालय रोल मोडल (असल उदाहरणीय) बन्न गेट आकर्षक बन्नुपर्ने, विद्यालय परिसर, शौचालय (हरेक तलामा), सफा, बिषयगत शिक्षक (स्टाप)हरुको रुम छुट्टाछुट्टै हुनुपर्ने अनुभव सुनाए । विद्यालयलाई उत्कृष्ट बनाउन प्रधानाध्यापक मात्र लागेर संभव नहुने सम्पूर्ण शिक्षक, कर्मचारीहरु र विद्यालय व्यवस्थापन समिति लागे मात्र रोल मोडल बनाउन सकिने कालिकाका प्रअ थापाले बताएका छन् । हरेक शिक्षकहरुले सिर्जनशील ढंगले कक्षालाई ४५ मिनेट पुरा समय दिएमा कोचिङ र ट्युसन केही दिनुनपर्ने कालिकका शिक्षकहरुले अनुभव सुनाएका छन् ।
कालिका माविमा हरेक बर्ष सत प्रतिशत नजिता निकाल्ने उच्च जीपीएको आधारमा शिक्षकलाई सम्मान/पुरस्कार र कथमकदाचित विद्यार्थी असफल भएमा कडा स्पष्टिकरण लिइने र नियम अनुसार सजाय दिने शिष्टम रहेको बताए । कालिका माविको ३४ करोड भन्दा बढी बार्षिक बजेट हुने, बजेट व्यवस्थापन समितिले तयार गर्नुपर्ने, शिक्षकहरुलाई अतिरिक्त समय खटे बापत तलव स्केलमा १५ प्रतिशत विद्यालयले थपिदिने बताए । विद्यालय बाहेक अन्य शैक्षिक संस्थामा काम गर्ने शिक्षकहरुलाई अतिरिक्त कक्षा नदिइने र कालिकामा मात्र काम गर्ने शिक्षकको ७५ हजारदेखि बढी पारिश्रमिकको व्यवस्था भएको कालिकाका दुई शिक्षकहरुले बताए । ती शिक्षकहरुले विद्यार्थीहरुलाई डर, त्रास, भयमा नभएर कार्यशाला (वर्कशप)जस्तो, मैत्रीपूर्ण रुपमा दिइने शिक्षा दिगो र प्रभावकारी हुने अनुभव सुनाएका छन् । रोल मोडल (असल उदाहरणीय) बन्न शिक्षकहरुको मुहार हँसिलो र सकारात्मक भरिपूर्ण हुनुपर्ने, विद्यार्थीहरुलाई खुसी साथ शिक्षा लिने वातावरणको विकास गर्नुपर्ने सन्देश कार्यक्रमले दिएको छ ।
घोचपेच र कसैले, कसै माथि हुने जवरजस्तीले कुनै हालतमा नतिजा सकारात्मक नआउने दिनेश थापाको भनाइ थियो ,। विद्यालयमा पार्टी छिरेमा विद्यालय, विद्यालय मात्र रहने असल विद्यार्थी उत्पादन गर्ने रोल मोडल बन्न नसक्ने बताएका छन् । कालिका माविमा चार वटा प्रशासनिक भवन भएको, शैक्षिक प्रयोजनको लागि विद्यार्थीलाई मोवाइल, इन्टरनेट(वाइफाई) सम्पूर्ण विद्यार्थीलाई छुट गरिएको, शिक्षकहरु पहिलो घण्टी लाग्नुभन्दा १५ मिनेट अघि आउनेलाई भत्ताको व्यवस्था गरिएको, हरेक कक्षा कोठामा बिषय शिक्षकको समेत इन, आउट रेकर्ड राख्ने गरी मनिटर तोकिएको नयाँ अनुभवहरु कालिका माविका प्रअ दिनेश थापा र पीटी शिक्षक हरिश ओलीले बताए । नेपालकै उत्कृष्ट विद्यालय कालिका माविका शिक्षकहरु यस्तै तालिमहरु दिन देशैभर माग छ । यसरी तालिम दिन हिड्ने क्रममा देशभरका विभिन्न विद्यालयहरुका अनुभव संगालेका दुई शिक्षकहरुले दतचित्त भएर लागेमा पथरीशनिश्चरे नगरका पञ्चायत लगायतका विद्यालयहरु रोल मोडल बन्न सक्ने बताएका छन् ।
जो सँग जे जस्तो स्राेत -साधनहरु छ सोही अनुसारको वेल म्यानेजमेन्ट गर्नुपर्ने शिक्षक द्वयको सुझाव छ । तीन दिनसम्म भएको कार्यक्रममा कालिकाका प्रधानाध्यापक दिनेश थापाले प्रधानाध्यापक र शिक्षकहरुको भूमिका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायत समितिको भूमिका र कालिकाको इतिहास बारे अनुभव सुनाएका थिए ।
हरिश ओलीले विद्यार्थी र शिक्षकको सम्बन्ध कस्तो हुनुपर्ने, विद्यार्थी माझ शिक्षक कसरी उदाहरणीय बन्ने र नेपालमा चल्दै आएको अभ्यासहरू कलात्मक प्रस्तुति दिएका थिए । ओलीले नगरमा रहेका २८ वटा विद्यालयहरुबाट सहभागी करिव ५ सय विद्यार्थी र ५० भन्दा बढी पीटी शिक्षकहरुलाई पीटी सिकाएका छन् । पीटीले विद्यार्थीहरुलाई अनुशासित र स्फूर्ती तथा खेलकुद/अतिरिक्त क्रियाकलापमा विद्यालयलाई उत्कृष्ट बनाउने ओलीले उदाहरणसहित अनुभव सुनाएका छन् । पीटी शिक्षक हरिश ओलीले आफ्नो जीवन, विभिन्न स्थानमा जाँदा पाइएका दुखान्त कथाहरु ,सुनाएर, देखाएर विद्यार्थी, शिक्षक र अन्तिम दिन (शनिबारं) अभिभावकहरुलाई रुवाएका थिए ।
भावनात्मक बनाउदा शिक्षक, विद्यार्थी, विद्याथी र आमा बुवावीच एक आपसमा सम्बन्ध प्रगाढ बनाउने र देखाउने कार्य सफल भएको छ । समापन कार्यक्रममा विद्यार्थीहरुले शिक्षक तथा आफ्ना आमा बुवालाई माला लगाइदिने, दुखान्त क्षणको सम्झना गराउदै एक आपसमा अंगालोमा बाँधिएर ममता तथा अभिभावकत्व अनुभूत गराइएको थियो । कतिपय अभिभावकविहिन विद्यार्थीहरुलाई तिम्रो आम वा बुवा खोइ भनेर प्रश्न ? र उत्तरमा दुःखान्त कथा आएपछि सहभागी भक्कानिदै रुएका थिए ।
मानिस रुवाउने काम कठिन कार्य हो । विज्ञान संकायका विद्यार्थीहरु, उत्प्रेरणा कार्यक्रममा सहभागी शिक्षकहरुलाई र आम विद्यार्थी तथा आमा बुवालाई रुवाएको सबै कार्यक्रममा सहभागी हुने केही सहभागीहरुले भने सहभागीलाई रुवाउन अलि बढी कसरत भएकोले बौद्धिकभन्दा भावनात्मक अभ्यास बढी भएको प्रतिक्रिया समेत दिएका छन् । रुवाउन जति समय कसरत भयो सोही समय बौद्धिक प्रस्तुति भएको भए अझ राम्रो हुने ती शिक्षकहरुको भनाइ थियो ।
यद्यपी पीटी शिक्षक हरिश ओलीले सहभागी प्राय: सबैको मन जितेर बुटवल फर्केका छन् । कार्यक्रममा पीटी शिक्षकहरु तथा विद्यालयलाई सहभातिा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको प्रभाव कस्तो पर्ला ? तीन दिनसम्म भएको कार्यक्रम पथरीशनिश्चरे नगरका लागि नयाँ र समग्रमा प्रभावकारी रह्यो । आर्थिक व्यवस्थापक पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, शिक्षा विभाग प्रमुख नवीन खुलाल, आर्थिक सहयोगी १ नं. वडा अध्यक्ष भीमकुमार राई, कार्यक्रम आयोजक पञ्चायत मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष / कार्यक्रमका संयाेजक युवराज बास्कोटा, फप्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, नगर शिक्षा समितिका सदस्य पर्शु मिश्र कार्यक्रम पूर्ण सफल र प्रभावकारी भएको मञ्चबाटै प्रतिक्रिया दिएका छन् ।
सहभागी विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक तथा सञ्चालक समितिका अध्यक्ष/सदस्यहरु वा सरोकारवाला सम्पूर्ण पक्षको प्रारम्भिक प्रतिक्रिया सफल र प्रभावकारी रहेको खुसी साथ प्रतिक्रिया दिएका छन् । नगर प्रमुख मोहनप्रसाद तुम्वापाे प्रमुख अतिथिको आसनबाट कार्यक्रमको खुलेर प्रशंसा गर्दै कार्यान्वयनमा लाग्न आग्रह गरेका छन् ।
यद्यपी पीटी आज (आइतबार)देखि नै अभ्यास गर्न सकिन्छ । कालिका माविले सुनाएको अनुभव मध्ये सकारात्मक सोच, खुसी, सरसफाइ, चुस्त प्रशासन, अनुशासन लयमा ल्याउन विद्यार्थीलाई ६ महिनासम्म समय लाग्न सक्छ । कक्षा ८, १० र १२ को विद्यार्थीहरुको नतिजा हेर्न एक/ दुई बर्ष लाग्न सक्ला ।
पथरीशनिश्चरे नगरपालिका, शिक्षा विभाग, पञ्चायत माविले मेहनतपूर्वक गरेको कामको प्रभाव देखाउन शिक्षक,विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक लाग्नु पर्नेछ । नगरपालिका र शिक्षा विभाग अनुगमन र केही घण्टा वा एक दिने पुनर्ताजकी कार्यक्रमहरु दिएर कार्यान्वयमा लागेमा तालिमको उपलब्धि पक्कै देख्न पाइनेछ । शिक्षा विभागले केही पीटी र उत्प्रेरक नगरमै उत्पादन गरेर पनि कार्यान्वयको लागि निरन्तर लागेमा सकारात्मक प्रभाव पर्नेमा विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

३ सय बढी नेता कार्यकर्ताको सहभागीतामा एमाले मोरङको कार्यशाला झोराहाटमा सम्पन्न, ।थारु पाेर्टल

कानेपोखरी गाउँपालिका द्वारा सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्ष सुधारका लागि अन्तरक्रिया कार्यक्रम ।थारु पाेर्टल

प्याब्सन नगर कार्यसमिति पथरी शनिश्चरेद्वारा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट।थारु पाेर्टल

दुवै मृगौला फेल भएकी छोरीको जीवन बचाइन दिन अपिल ।थारु पाेर्टल

बिद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण ।थारु पाेर्टल

विराट राजवंशी समुदाय´तिला सुकरात पर्व मनायो ।थारु पाेर्टल