मेनु

एसियन हाइवे पथरीशनिश्चरेमा साँगुरिने चिन्ता ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता
कार्तिक।७।
निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चनाखो भएर खबदारी गर्ने भएका छन् । एसियाली होइवे एसिया महादेशको ३२ वटा देश जोड्ने सडक सञ्जाल हो । एसियाली विकास बैंकको सहयोगमा निर्माणाधिन सडक नेपालको पूर्बी नाका काँकडभिट्टाबाट निर्माण भइरहेको छ । केही दिनअघिदेखि एसियन हाइवे मोरङको पथरी बजारमा चार लेनको मात्र बन्न लागेको समाजिक सञ्जालहरुमा चर्चा चलेपछि नगरबासीहरु संसकित भएकाहुन् ।
सामाजिक सञ्जाल मार्फत चासो बढेपछि पथरी उद्योग वाणिज्य संघले सो विषयमा सर्वपक्षीय छलफलको आयोजना गरेका थिए । एसीयन हाइवेको वृस्तित परियोजना प्रस्ताव .(डीपीआर)ंमा सडकको चौडाइ सहरी क्षेत्रमा छ लेन, सर्भिस वे, फुटपाथ सहित ५० मिटर, अर्ध सहरी क्षेत्रमा छ लेन ३३ मिटर र ग्रामीण क्षेत्रमा चार लेन २४ मिटर गरेर तीन भाग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्