'नेपाल पत्रकार महासंघ मोरङले विराटनगरको न्यूरो अस्पतालसँग स्वास्थ्य उपचार सेवाका लागि थप ३ वर्षका लागि सम्झौता ।थारु पाेर्टल'

January 8, 2025

विज्ञापन
No data was found

पुस।२४। बुधबार ।

नेपाल पत्रकार महासंघ मोरङले विराटनगरको न्यूरो अस्पतालसँग स्वास्थ्य उपचार सेवाका लागि थप ३ वर्षका लागि सम्झौता गरेको छ ।

आज (बुधबार) न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङबीच थप ३ वर्षका लागि सम्झौता गरिएको हो । अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अस्पतालले निःशुल्क ओपिडी सेवा (पत्रकारका परिवारलाईसमेत), निःशुल्क आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स सेवा ( विराटनगरभित्रका पत्रकारका लागि), निःशुल्क प्याथोलोजी सेवा (यस सम्बन्धी सबै जाँचहरू), निःशुल्क एक्सरे, अल्ट्रासाउण्ड, इसिजी, इको, इन्डोस्कोपी, क्लोनोस्कोपी सेवा, बेड चार्ज निःशुल्क, निःशुल्क फिजियोथेरापी सेवाहरु उपलब्ध गराउने छ ।

५० प्रतिशत छुटअन्तरगत एमआरआई, सिटी स्क्यान, सिटी एन्जियोग्राफी, क्याथल्याव (एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेशमेकर), सबै प्रकारका शल्यक्रियाहरू, आइसियू, सिसियू, भेन्टिलेटर, बोनम्यारो डेनसिटी, इइजी, एनसिभी, एनसिएस, टिएमटी, एबिपिएस, होल्टर, कार्डियोग्राफी, बेड चार्ज, फिजियोथेरापी सेवा अस्पताले उपलब्ध गराउने अस्पतालका निर्देशक राजेश भट्टराईले बताउनु भयो ।

 

पत्रकारका आश्रित परिवारलाई ४० तथा ३० प्रतिशत छुटमा विभिन्न स्वास्थ्य सेवाहरु दिने गरी सम्झौता भएको छ । नेपाल पत्रकार महासंघ मोरङका साधारण सदस्यहरू र महासंघको सिफारिसमा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई न्यूरो हस्पिटलले उपचार सेवा प्रदान गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.