निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न। थारु पाेर्टल

पथरी शनिश्चरे,समाचारदाता 
निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
वडा नम्बर- १ मा रहेको उक्त सेलुनको रिबन काटेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत र उपाध्यक्ष रवीन्द्रकुमार राई , लाईन्स क्लब अफ पथरिशनिश्चरेका अध्यक्ष तथा पथरिशनिश्चरे नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो।
वडा नं १ का भीमकुमार राईले प्रमुख अतिथिको तर्फबाट ८ अंक अंकित केक काट्नु भएको थियो ।
उक्त अवसरमा वडाध्यक्ष भीमकुमार राई र उद्योग वाणिज्य सङ्घका अध्यक्ष बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो। निल डेभिड हेयर एण्ड व्युटी सेलुनकी संचालिका मिरा बस्नेतले ८ वर्ष अघि स्थापनाकालमा २५ लाख रुपैयाँ बराबरको लागतमा महिला तथा पुरुषहरुका लागि खोलिएको उक्त सेलुनबाट ३ सय बढी युवा युवतीहरुलाई व्यवसायिक तालिम प्रदान गरिएको बताउनुभयो।हाल दमक, उर्लाबारी र पथरी वजारमा उक्त सेलुन खोलेर १५ जनालाई रोजगारी दिई रहेको बताउनुभएको थियो। नेपालमा ४५ वटा शाखाहरू रहेका छन् भने ८२ वटा विश्वका विभिन्न देशहरूमा शाखा रहेकाे पनि संचालिका बस्नेतले बताउनुभयो। यहाँ महिलाहरूको व्युटी पार्लर र पुरूषहरूको हेयर कटिङ्ग दक्ष कामदारबाट हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल